पोखरा/ प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले चयन भएका छन् । सेन्टरको शनिबार पोखरामा भएको दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिस्ठ उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा बाग्लुङका राम थापा, समावेशी महिला उपाध्यक्षमा लमजुङका कमला केसी, प्रथम सचिवमा म्याग्दीका सन्तोष गौतम, कोषाध्यक्षमा कास्कीका विश्वराज सुवेदी, खुला सचिवमा कास्कीका सुनिल पाण्डे, कास्कीका सुवास अम्गाईं, कास्कीका सविन जिसी, महिला सचिवमा कास्कीका सुशीला क्षेत्री, जनजाति सचिवमा बिनाकुमारी थापा र दलित सचिवमा गुणराज रोका निर्विरोध निर्वाचित भएका छन् ।
समितिको खुला सदस्यमा आश क्रोम्जे तमु, छत्कुल्ली, सन्दीप खत्री, सागर भण्डारी, प्रनिश गिरी, विमल आचार्य, रामजी आचार्य, दीपक आचार्य, सन्तोष परियार, लिलाधर गिरी, राजकुमार ढकाल, लक्ष्मी पंगेनी, उत्तमबहादुर घर्ती, मुरारी शर्मा चयन भएका छन् । महिला सदस्यमा सविता शर्मा र सरिता खत्री, दलित सदस्यमा लक्ष्मी सुनार र खगेन्द्र विक तथा जनजाति सदस्यमा शर्मिला रोकामगर चयन भएका छन् ।





