आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

आइएमएस सफ्टवेयरको महत्वपूर्ण भूमिका : मन्त्री थापा

आइएमएस सफ्टवेयरको महत्वपूर्ण भूमिका : मन्त्री थापा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०७८, मंगलबार

पोखरा / गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले गण्डकी सरकारको डिजिटल गण्डकी प्रोभिन्स अभियानलाई साकार बनाउन आइएमएसले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
आइएमएस सफ्टवेयर माध्यम सार्वजनिक भएको डिजिटल पेमेन्ट प्रविधिको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै उनले आइएमएस सफ्टवेयरले डिजिटल पेमेन्ट इन पोखरा उद्देश्य राखेर ल्याएको क्युआर सेवामार्फत पोखरेलीमात्र नभई भावी दिनमा समग्र गण्डकी प्रदेशले नै लाभ लिने विश्वास व्यक्त गरेका छन् ।

‘आइएमएस सफ्टवेयरले डिजिटल पेमेन्ट इन पोखरा क्यास होइन क्ुूआर गरौं भन्ने प्रविधि ल्याउनु आफैंमा सह्रानीय काम हो । यसले पोखरालाई डिजिटल पोखरा बनाउन मदत पुग्छ,’उनले भने ।
मन्त्री थापाले आइएमएसले भित्राएको डिजिटल पेमेन्टले क्यासलेस प्रविधिलाई प्रोत्साहन गरेको बताए । सुशासन कायम गर्न र छिटोछरितो सेवा प्रवाह गर्नको लागि आइएमएसले ल्याएको डिजिटल प्लाटफर्म सहयोग सिद्ध हुने विश्वास उनको छ ।

नोट बनाउँदा धेरै रकम खर्चनुपर्ने भएकाले डिजिटल पेमेन्ट मार्फत त्यसको बचतसमेत हुने भनाइमन्त्री थापाको छ । ‘डिजिटल मार्केटको विकाससँगै इकर्मसकलाई समेत यस्तो प्रकारको प्रविधि प्रभावकारी हुन्छ,’ उनले भने, ‘समयसँगै प्रविधिको प्रयोग समेत गर्दै गए जनजीवन सरलीकृत हुन्छ ।’

डिजिटल पेमेन्ट पछिल्लो समय आधारभूत आवश्यकताका रुपमा देखा परेको मन्त्री थापाले बताए । पकेटमा पैसा बोकेर हिँड्नुपर्ने बाध्यतालाई डिजिटल क्यास पेमेन्टले न्यूनीकरण गरिरहेको उनको बुझाइ छ । पोखरामा सबै उद्योगी व्यवसायीदेखि कार्यालयले समेत आइएमएसले ल्याएको प्रविधिको सक्दो उपयोग गर्नुपर्ने धारणा मन्त्रीको थापाको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->