आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘पार्टीमा बस्ने, नबस्ने सोच्नेबेला आयो’

‘पार्टीमा बस्ने, नबस्ने सोच्नेबेला आयो’


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०७८, मंगलबार

‘निर्वाचन भएको भए म एक नम्बरमा महाधिवेसन प्रतिनित्रि बन्थें,’ गुरुङले भने, ‘सहमतिको कार्यदल बनाउनु नै गल्ती भयो, कार्यदलले जनमत र कार्यकर्ताको भावनाको अपमान ग¥यो ।’

पोखरा/ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि जिल्ला–जिल्लाबाट प्रतिनिधि छनोट भइरहेको छ । महाधिवेशन प्रतिनिधि बन्न चाहने आकांक्षी जतिसुकै धेरै भएपनि एमालेले सर्वसम्मत बनाउने नाममा नेताहरुले आफू निकट प्रतिनिधि छनौट गरिरहेका छन् । तनहुँ क्षेत्र नं. १ यसको उदाहरण बनेको छ ।

महाधिवेशन प्रतिनिधि छनोटका क्रममा तनहुँ क्षेत्र नं. १ बाट एक जना महिला र खुला चार जनाको सिट छ । जहाँ २ जना महिला र खुलामा १५ जना महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवारी दिएका थिए । सहमति हुने सम्भावना नदेखिएपछि स्थानीय उम्मेदवार र नेताहरुले सहमतिका लागि कार्यदल गठन गरे । कार्यदल संयोजक एमाले तनहुँ जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य एकबहादुर राना थिए ।
कार्यदलले सहमतिका नाममा चार जना खुला र एक जना महिलाको नाम निर्वाचन कमिटीलाई बुझायो । त्यही नाम कमिटीले महाधिवेसन प्रतिनिधिका रुपमा सदर ग¥यो । तनहुँ क्षेत्र नं. १ को प्रदेश सभा १ बाट प्रत्यक्ष निर्वाचित सासद रामबहादुर गुरुङ सर्वसम्मत छनोट गरिएका प्रतिनिधिमा चयन भएनन् ।

उक्त क्षेत्रबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउँदै प्रतिनिधि सभामा कृष्णकुमार श्रेष्ठ ‘किसान’ निर्वाचित भए । प्रदेश सभा १ मा गुरुङ र २ मा हरिबहादुर चुमान निर्वाचित भए । श्रेष्ठ अहिले एमालेबाट अलग्गिएको नेकपा एकिकृत समाजवादी पार्टीबाट मन्त्री बनेका छन् भने चुमान माओवादी केन्द्रको गण्डकी प्रदेश सभा संसदीय दलका नेता छन् । सो क्षेत्रबाट एमालेमा रहेका एक मात्र सांसदलाई पार्टीको महाधिवेसन प्रतिनिधी छनौट नगरेको भन्दै गुरुङले असन्तुष्टी जनाएका छन् ।

‘निर्वाचन भएको भए म एक नम्बरमा महाधिवेसन प्रतिनित्रि बन्थें,’ गुरुङले भने, ‘सहमतिको कार्यदल बनाउनु नै गल्ती भयो, कार्यदलले जनमत र कार्यकर्ताको भावनाको अपमान ग¥यो ।’ केन्द्रीय सदस्य रानाले विवेकपूर्ण निर्णय गर्लान् भनेर नै उनलाई कार्यदल संयोजक स्विकार गरेको गुरुङले बताए ।

निर्वाचन कमिटीलाई महाधिवेसन प्रतिनिधिको नाम बुझाएर राना बेपत्ता बनेको सांसद गुरुङले बताए । ‘हाम्रा साथीहरुले धेरै सम्पर्क गर्न खोजे, उहाँको घरमा पनि गए,’ उनले भने, ‘उहाँ (एकबहादुर राना) सम्पर्कविहीन भएर बेपत्ता बन्नुभयो ।’

एमालेको नबौं महाधिवेसनमा वैकल्पिक केन्द्रीय सदस्य बनाउन आफूले भूमिका खेलेको समेत गुरुङले दाबी गरे । वैकल्पिक केन्द्रीय सदस्यबाट राना केन्द्रीय सदस्यमा मनोनित भएको उनले बताए । एमालेको दशौं महाधिवेशनमा गुरुङले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने निर्णय गरेका थिए । त्यही अनुसार तयारी गरेर महाधिवेसन प्रतिनिधीको उम्मेदवार बनेको उनले बताए ।
हाल केन्द्रीय सदस्य रहेका राना पनि फेरी केन्द्रीय सदस्यको उम्मेदवार बन्ने तयारीमा छन् । जिल्लाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दा प्रतिस्पर्धी नहोस् भनेर नै सांसद गुरुङलाई महाधिवेसन प्रतिनिधि बन्न नदिएको गुरुङ पक्षको दाबी छ ।

‘म केन्द्रीय सदस्यको उम्मेदवार हुन पाए १५/२० जनाभित्रै पर्छु जस्तो लाग्छ,’ गुरुङले भने, ‘मलाई केन्द्रमा जान नदिन जिल्लामै रोक्न खोजियो ।’ सांसद गुरुङ व्यवसायी हुन् । नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष रहेका गुरुङ एमाले निकट नेपाल व्यवसायी महासंघ गण्डकीका इन्चार्ज समेत हुन् । गुरुङ गण्डकी कार्पेट, गण्डकी बि कन्सर्न लगायतका उद्योग तथा व्यवसायका संचालक हुन् ।
व्यवसायिक पृष्ठभूमिबाटै आफू केन्द्रीय सदस्यमा लोकप्रिय मत पाउन सक्ने गुरुङको दाबी छ । ‘पार्टी निकट व्यवसायी संस्था मात्र होइन, जनता र कार्यकर्ताले पनि मलाई रुचाएका छन्,’ उनले भने, ‘मैले सजिलै केन्द्रिय सदस्य जित्न सक्छु ।’

महाधिवेशन प्रतिनिधि छनौटमा आफुलाई हराएका कारण कार्यकर्तामा निराशा छाएको र माधव नेपालको एकीकृत समाजवादी पार्टीतिर कार्यकर्ता लाग्न थालेको उनले दाबी गरे । ‘एमालेले कार्यकर्तालाई संरक्षण गर्न सकेन, सांसदलाई महाधिवेसन प्रतिनिधी पनि बनाएन भनेर साथीहरु माधव नेपाललाई भेट्न गएका छन्,’ उनले भने, ‘साथीहरु उता पुगिसक्यो, मैले रोक्न खोजिरा’छु, संझाई बुझाई गर्नै सकेको छैन ।’
कार्यदललाई विश्वास गर्नु नै आप्mनो गल्ती भएको भन्दै गुरुङले आफुलाई रोक्न केन्द्रीय सदस्य रानाले ‘ग्राण्ड डिजाइन’ गरेको आरोप लगाए । एमालेमा २०३६ सालदेखि लागेको भन्दै उनले वडा अध्यक्ष पनि जित्न नसक्ने व्यक्तीलाई महाधिवेसन प्रतिनिधी छनौट गरेको दाबी गरे ।

तनहुँ सदरमुकाम समेत रहेको व्यास नगरबाट एक जना पनि महाधिवेसन प्रतिनिधि नभएको भन्दै उनले कार्यकर्ताको भावना गिरेको समेत बताए । निर्वाचित सांसदलाई सर्वसम्मतिका नाममा प्रतिनिधि छनौट नगर्नु गलत भन्दा रानाले विवेकहीन र मुर्खतापूर्ण निर्णय लिएको उनको आरोप छ ।

तनहुँका कार्यकर्ता र जनताको भावना एमालेले पुरा गर्न नसके अरु उपाय सोच्ने समेत उनले बताएका छन् । उनले भने, ‘पार्टीको आवश्यकता छ भने मलाई मनोनित गर्छ, छैन भने अन्त जान पनि सक्छ, पार्टी खोल्न पनि सक्छ ।’
तनहुँबाट महाधिवेसन प्रतिनिधी छनोटका विषयमा सांसद गुरुङले एमाले गण्डकीका संयोजक एवं स्थायी कमिटी सदस्य किरण गुरुङ र केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङसँग आफूले असहमति राखेका छन् । नेताद्वयले तनहुँबाट प्रतिनिधि छनोटका विषयमा रानाले कुनै सल्लाह नगरेको र गलत निर्णय गरेको जवाफ दिएको गुरुङले बताए । अझै पनि पार्टीले केन्द्रबाट मनोनित गर्न सक्ने भन्दै नेताद्धयले अध्यक्ष केपी ओलीसम्म आप्mनो असहमति लैजानुपर्ने उनको भनाई छ ।

पार्टीका प्रदेश इन्चार्जदेखि केन्द्रीय नेतालाई पनि नमान्ने प्रवृत्ति रानामा देखिएको आरोप लगाउँदै उनले भविश्यमा अध्यक्षको निर्देशन पनि नमान्न सक्ने आशंका गरे । महाधिवेशन प्रतिनिधि छनौटलाई लिएर तनहुँका एमाले कार्यकर्ताले पार्टी कार्यालय तालाबन्दी गर्न खोजेको भन्दै आफुले रोकेको गुरुङले बताए । ‘कार्यकर्तालाइ नआत्तिनुस्, म तपाइहरुसँग हुन्छु भनेको छु,’ उनले भने, ‘मबिना तनहुँमा चुनावको कल्पना नगरे पनि हुन्छ, जनताको धेरै आवश्यकता पुरा गरेको छु ।’

‘अर्थमन्त्रीको अफर थियो’

एमाले फुटेर नेकपा समाजवादी पार्टी गठन हुँदा आफूलाई गण्डकी सरकारमा अर्थमन्त्रीको अफर आएको उनले खुलाएका छन् । ‘मलाई एस पार्टीले अर्थमन्त्री दिन्छु भनेको थियो, मैले खान्न भनेर फर्काएँ,’ उनले भने, ‘चुनावमा पनि कसैसँग पैसा लिइन, कुनै पद खाने हो भने आप्mनै पार्टीबाट खाने भनेर बसेको हुँ ।’

पार्टीले महाधिवेसन प्रतिनिधि छनोटमा अन्याय भएको भन्दै अब भने एमालेमा बस्ने कि नबस्ने सोच्ने बेला आएको गुरुङले बताए । ‘अब मैले सोच्नुपर्छ, नया पार्टी खोले पनि भयो, कांग्रेसमा गए पनि भयो,’ उनले भने, ‘सबै पार्टीको लक्ष्य त पाँचवटा कुरा हो नि ।’ उनले भनेको पाँचवटा कुरामा सडक, बिजुली, स्वास्थ्य, प्रविधी र रोजगारी बढाउने भएको प्रष्ट पारे । सबै पार्टीको उदेश्य यही पाँच कुरा भएकाले जुन पार्टीमा गए पनि फरक नपर्ने उनको धारणा छ ।
यता, केन्द्रिय सदस्य एवं महाधिवेसन प्रतिनिधि छनौट कार्यदल संयोजक एकबहादुर रानाले आप्mनो प्रतिश्पर्धा सांसद गुरुङसँग नभएको बताएका छन् । आफू कार्यदलमा बस्न नचाहँदा नचाहँदै उम्मेदवारहरुले जुनसुकै निर्णय गरेपनि स्विकार गर्ने लिखित सहमति गरेपछि मात्र कार्यदल संयोजक बसेको उनले बताए ।

कार्यदलमा रहेका एमाले तनहुँ अध्यक्ष केदार सिग्देलसहित ५ जनाले सर्वसम्मत निर्णय गरेर महाधिवेसन प्रतिनिधी छानेको रानाले बताए । भुमिगत कालदेखि पार्टीमा काम गरेका र यसअघि अवसर नपाएका व्यक्तीलाई अवसर दिएको उनको भनाई छ ।
‘मलाई संयोजक नबनाउनु बरु चुनाव गर्नुस् भनेको थिए, तपाई जिम्मेवारीबाट पन्छिन मिल्दैन मनेर कर लगाए,’ उनले भने, ‘मेरो मात्र निर्णय होइन, कार्यदलका ५ जनाको सर्वसम्मत निर्णय हो, १५ जना आकाँक्षीमा १० जना बाहिरिँदा सबैको चित्त बुझाउन सकिएन ।’

सांसद गुरुङले केन्द्रिय सदस्य चुनाव लड्नेबारे नबताएको भन्दै उनले पीडित कार्यकर्ताको मुल्याङ्कन गरेर प्रतिनिधी छानेको दाहो¥याए । आफु संसदीय निर्वाचनमा ३ पटक चुनाव हारेको भन्दै अब आफु चुनाव नलड्ने बताए । ‘अब पनि उम्मेदवार हुने त उहाँ (रामबहादुर गुरुङ)हरु नै हो नि, एक ठाउँमा अवसर पाइएन भनेर चित्त दुखाउनु हुँदैन, अवसर आउँछ ।’

एमाले तनहुँका अध्यक्ष सिग्देलसँग निरन्तर सम्पर्कमा रहेको भन्दै रानाले आफु बेपत्ता भएको आरोप मिथ्या रहेको बताए । सांसद गुरुङलाई प्रदेश कमिटीमा राख्न आफुले नै प्रस्ताव गरेको दाबी गर्दै उनले भने, ‘चुनावमा उहाँलाई मरिमेटेर सहयोग गरिन्छ, फेरी चुनाव जिताएर मन्त्री बनाउने धोको छ मेरो ।’

सांसद गुरुङ र कार्यककर्तालाई पार्टीमा बस्ने वा छाड्ने विषयमा स्वतन्त्रता भएको उनले बताए । उनले भने, ‘जो कोहीले पनि पार्टीमा बस्छु वा छाड्छु भन्ने स्वतन्त्रता छ, उहाँले पार्टी नै छाड्नुहुन्छ भन्ने विश्वास छैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->