बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘मेडिकल कलेज खोल्ने सरकारको प्राथमिकतामा’

‘मेडिकल कलेज खोल्ने सरकारको प्राथमिकतामा’


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०७८, बुधबार

पोखरा/ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मेडिकल कलेज सञ्चालन गण्डकी सरकारको प्राथमिकता भएको बताएका छन् । उनले कलेज स्थापनाको अगुवाई गण्डकी विश्वविद्यालयले गर्नुपर्ने पनि बताए ।

गण्डकी विश्वविद्यालयले यसअघि नै मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरिसकेको छ । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कन्फरेन्स प्रोसिडिङ्स विमोचन कार्यक्रममा मंगलबार मुख्यमन्त्री पोखरेलले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिलाउन र स्वास्थ्यमा दक्ष जनशक्ति उत्पादनका लागि मेडिकल कलेज स्थापना गर्नैपर्ने बताएका छन् ।

मन्त्री डोवाटे विश्वकर्माले विश्वविद्यालय सम्बन्धी विधेयक सदनमा आएदेखि नै आफूले यसमा विशेष चासो दिएको बताए । युग सुहाउँदो र बजारले मागेको खालको जनशक्ति निर्माणमा विश्वविद्यालय केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालयले आविष्कार केन्द्र निर्माणदेखि शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी गराए । गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष डा. रघुराज काफ्लेले विश्वस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमै विश्वविद्यालयको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->