बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

आइतबार देखि कास्कीमा राहदानीको काम नहुने

आइतबार देखि कास्कीमा राहदानीको काम नहुने


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०७८, शुक्रबार

जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबारदेखि राहदानीको फारम नलिने भएको छ । राहदानी विभागले अब राहदानी विद्युतिय तर्फ लैजाने भएपछि केहि समयका लागि फारम बन्द हुने भएको हो ।

मंसिर १ गतेदेखि नै विद्युतिय राहदानी (इ–पासपोर्ट) जारी गर्नेगरी सुभारम्भ गरिएको छ । यदि राहदानी बनाउँदै हुनुहुन्छ भने आइतबारदेखि फारम भर्ने र बुझाउने काम नगर्दा हुन्छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले एक विज्ञप्ती जारी गर्दै आइतबार देखि अर्को सूचना नआएसम्म फारम संकलन गर्न गराउन बन्द गरेको छ ।

विज्ञप्तीमा ‘जिल्ला प्रशासन कार्यालय र तोकिएको इलाका प्रशासन कार्यालयबाट समेत विद्युतीय राहदानी जारी गर्ने कार्य प्रारम्भ हुने जानकारी गराइन्छ ।

सो को लागि प्रत्यक्ष दर्ता प्रणाली जडान र्ग र डाटा माइग्रेसन लगायतका प्राविधिक तयारी गर्नुपर्ने भएकाले राहदानी फारम संकल कार्य नगर्नु नगराउनु हुन ’ भनिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->