पोखरा – मंसिर १० देखि चितवनमा हुने नेकपा एमालेको १०औं महाधिवेशनमा गण्डकी प्रदेशबाट ४ जना नेताले पदाधिकारीमा दावी गरेका छन् । महाधिवेशनको मिति नजिकिदै गर्दा पदाधिकारीमा दावी गर्ने नेताहरुले नजिकका कार्यकर्ता मार्फत आफ्नो दावी सार्वजानिक गर्न थालेका हुन् ।
पार्टी नेतृत्वले १०औं महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सर्वसम्मत बनाउने वताइरहदाँ प्रदेश र जिल्लाका तहका नेताहरुले भने विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । मुलुक संघियतामा गएसंगै केन्द्रको अधिकारलाई पनि समानरुपमा वितरण हुनुपर्ने माग प्रदेश तहका नेताहरुले नै गर्न थालेका छन् ।
समानरुपमा वितरण गर्दा १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष छाडेर प्रत्येक प्रदेशबाट दुई दुई जना पदाधिकारी नेतृत्वमा पुराउनुपर्ने माग तिव्र वन्दै गइरहेको छ । संघियताको मक्सदलाई अनुशरण गर्ने र केन्द्रिकृत सोच र चिन्तनबाट मुक्त हुने हो भने एमालेको पदाधिकारीमा पनि समान वितरण हुनुपर्ने माग प्रदेश नेताहरुको छ ।
एमाले कास्कीका नेता पुष्पज्योति ढुंगाना भन्छन्, पार्टीेको महाधिवेशनमा पदाधिकारीमा मात्रै होइन, केन्द्रिय समितिमा पनि समान सहभागिताका आधारमा युवाहरुलाई पनि नेतृत्वमा ल्याउनु पर्दछ ।
गण्डकीबाट १०औं महाधिवेशनमा नेता किरण गुरुङले उपाध्यक्षमा र पृथ्वी सुब्बा गुरुङले महासचिवमा उम्मेदवारी दिने तयारी थालेका छन् । हाल पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश संयोजक रहेका किरण गुरुङ नवौं महाधिवेशनमा उपाध्यक्षमा झिनो मतले पराजित भएका थिए । त्यतिवेला उनी केपी ओलिलाई अध्यक्ष बनाउन निर्णायक भूमिकामा रहेका थिए ।
फाईल तस्विर
अध्यक्षमा केपी ओलि र माधव नेपाल विच प्रतिस्पर्धा हुदाँ किरण ओलिको पक्षमा खुलेर मात्रै लागेनन् उनले बामदेव गौतमलाई ओलिको लाईनमा ल्याउन पनि निर्णायक भूमिका निर्वाह गरेका थिए । घनश्याम भूषाल र योगेश भट्टाराईले बामदेवलाई माधवको लाईनमा लैजाने प्रयाश गर्दा किरणकै निर्णायक भूमिकाका कारण बामदेव ओलिको पक्षमा आउन बाध्य भएका थिए । पार्टीभित्रको आन्तरिक लडाईमा पनि किरणले अध्यक्ष ओलिलाई नै साथ दिदै आइरहेका छन् । यसले गर्दा पनि किरण उपाध्यक्षको प्रवल दावेदारको रुपमा देखिएका छन् । त्यसो त किरण पार्टीभित्र क्रियाशिल र सांगठानिक नेतृत्वको हिसावले पनि अरुभन्दा अग्रज नै हुन् । यसले गर्दा गण्डकीवाट किरण गुरुङले पदाधिकारीमा सर्वसम्मत हुदाँ पनि उपाध्यक्ष पाउनेमा गण्डकीका नेता कार्यकर्ता विश्वस्त देखिन्छन ।
नेता किरण आफु भने पार्टी अध्यक्ष ओलिको सल्लाहमा नै आफ्नो उम्मेदवारी टुंगो लाग्ने वताउछन् । ‘अहिलेको महाधिवेशन केपी ओलिको नेतृत्वमा नै अगाडि बढ्ने भएकाले धेरै कुरा नेतृत्वको सल्लाहमा नै अन्तिम टुंगो लाग्नेछ’ नेता किरण भन्छन्, ‘पार्टी नेतृत्वका सल्लाहमा अगाडि बढ्ने विचार गरेको छु । नवौं महाधिवेशनमा उपाध्यक्षमा थोरै मतले पराजित भएको र आफ्नो भूमिका र जिम्मेवारीका हिसावले पनि उपाध्यक्षको म स्वभाविक हकदार त हुने नै भए । यद्यपी नेतृत्वसंगको सल्लाहबाट नै मेरो उम्मेदवारी हुने छु ।’

फाईल तस्विर
पदाधिकारीमा दावी गर्ने अर्का नेता पृथ्वी सुब्बा गुरुङ वर्तमान सचिव भएकाले पनि त्योभन्दा माथिल्लो तहको पदमा उनको उम्मेदवारी स्वाभाविक हुने यहाँका नेता कार्यकर्ताहरु वताउछन् । गण्डकी प्रदेशको सफल मुख्यमन्त्री भएको र सचिवको भूमिका कुशलतापूर्वक समपन्न गरेकाले महासचिवमा उनको उम्मेदवारी हुनुपर्ने माग कार्यकर्ताको छ ।
पार्टीभित्रको आन्तरिक लडाईमा सधै अध्यक्ष ओलिको पक्षमा उभिएका उनी पार्टीभित्र पनि बलियो पकड राख्ने नेतामा पर्दछन् । सचिव भइसकेकाले माथिल्लो तहमा जाँदा पनि महासचिव उनको लागि स्वभाविक पद हो । यहाँका नेता कार्यकर्ताले उनलाई महासचिवमा अगाडि सारीरहँदा पृथ्वी सुब्बा आफै भने अहिले आफु नेतृत्वसंगको सल्लाहमा नै रहेका वताउछन् । ‘सचिव भइसकेकाले त्योभन्दा एक तह माथि जादाँ पनि म उपमहासचिव, महासचिव, उपाध्यक्ष हुनु त स्वभाविक हुन्छ नि !’, गुरुङ भन्छन्, ‘यद्यपी पार्टी एकताको भावना र नेतृत्वको सल्लाहमा नै मेरो उम्मेदवारी पदाधिकारीमा हुनेछ ।’

फाईल तस्विर
गण्डकीका पार्टी नेता र कार्यकर्ताहरु भने गण्डकीबाट किरण र पृथ्वी दुवैको पदाधिकारीमा उम्मेदवारी स्वाभाविक हुने तर्क गर्दछन । ‘यो पार्टीको आवश्यकता र कार्यकर्ताको चाहना दुवैको माग हो’ प्रदेशका एमाले नेताहरुको भनाई छ ।
गण्डकी प्रदेशबाट अन्य दुई नेताले पनि पदाधिकारीमा आफ्नो दावी गरेका छन् । पूर्व मन्त्रीद्धय खगराज अधिकारी र पद्मा अर्यालले पार्टीको १०औं महाधिवेशनमा आफुहरुले सचिवमा उम्मेदवारी दिने वताएका छन् । पार्टीमा गरेको योगदान र भूमिकाको आधारमा आफुहरुले सचिवमा उम्मेदवारी दिने उनीहरुको भनाई छ । अधिकारी र अर्याल दुवै पार्टीभित्र अध्यक्ष ओलिको लाईन वोक्ने विश्वाशिला पात्र हुन् । अर्यालले पदाधिकारीमा महिला सहभागिताका लागि पनि आफुले सचिवमा उम्मेदवारी दिने वताईन ।





