आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

आज कांग्रेसको क्षेत्रीय र महाधिवेशन प्रतिनिधि चुनाव

आज कांग्रेसको क्षेत्रीय र महाधिवेशन प्रतिनिधि चुनाव

हेभिवेटहरुबीच प्रतिस्पर्धा ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७८, सोमबार

पोखरा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज निर्वाचन क्षेत्रीय सभापति र केन्द्रीय महाधिवेशन प्रतिनिधिको चुनाव हुँदैछ । महाधिवेशन प्रतिनिधिसहित क्षेत्रीय सभापतिको लागि हुने चुनावी रौनकले कास्कीसहित गण्डकीका विभिन्न जिल्लालाई तताएको छ । जिल्ला र प्रदेश सभापति एवं केन्द्रीय सदस्य र पदाधिकारीमा उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि रहनैपर्ने व्यवस्थाका कारण पनि यो चुनावलाई विशेष महत्वले हेरिएको छ । महाधिवेशन प्रतिनिधिमा आउने अनुहारले नै आउँदो नेतृत्व छान्ने भएकाले सबैको चासो महाधिवेशन प्रतिनिधिमा देखिएको छ’,कांग्रेसका एक नेताले भने,‘ महाधिवेशन प्रतिनिधिको मैदानमा उत्रिएका चर्चित नेताहरुका कारण पनि यो चुनाव विशेष रहेको हो । कास्कीको हकमा यहाँका सबै नाम चलेका नेताहरु महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका छन् ।

कांग्रेसको विधान अनुसार प्रत्येक प्रतिनिधि सभा क्षेत्र बराबर केन्द्रीय महाधिवेशनमा २५ जना प्रतिनिधि चयन गरिन्छ । ४ जना महिलासहित १४ जना खुला प्रतिस्पर्धीबाट भने १० जनासमानुपातिक प्रतिनिधित्वको आधारमा चुनिन्छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सभापति केन्द्रीय महाधिवेशनका लागि पदेन सदस्य हुने व्यवस्था छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेको व्यक्ति स्वतः प्रादेशिक अधिवेशनको पनि प्रतिनिधि हुने व्यवस्था छ । प्रादेशिक अधिवेशनका लागि चयन भएको प्रतिनिधि केन्द्रीय महाधिवेशन प्रतिनिधिको पदमा उम्मेदवार बने प्रदेश प्रतिनिधि स्वतः रद्द हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->