आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादी केन्द्र बागलुङ–७ को अध्यक्षमा विकास विश्वकर्मा

माओवादी केन्द्र बागलुङ–७ को अध्यक्षमा विकास विश्वकर्मा


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७८, सोमबार

बागलुङ/नेकपा (माओवादी केन्द्र), बागलुङ नगरपालिका–७ कालिमाटीको वडा अधिवेशनबाट विकास विश्वकर्मा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । आईतबार भएको अधिवेशनले विश्वकर्माको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा बाबुराम गैरे, सचिवमा अमृत विश्वकर्मा, कोषाध्यक्षमा मीना परियार र सहसचिवमा साजन परियार रहेका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पार्टीको नगर कमिटीका अध्यक्ष इन्द्र केसी ‘पारस’ले जनयुद्धका बेला कालिमाटी क्षेत्रले विशिष्ट योगदान पु¥याएको स्मरण गरे । सोही अवसरमा त्यहाँका सहीद र बेपत्ताजनका परिवारका सदस्यलाई सम्मानसमेत गरिएको थियो । शनिबार नगरका नौ वडामा अधिवेशनबाट नयाँ नेतृत्व आएपनि वडा नं। ७ मा आज मात्र अधिवेशन भएको हो । वडा नं। ३ को अधिवेशन भोलि ९सोमवार० हुने नगर किमिटीले जनाएको छ ।

अहिलेसम्म जिल्लाका ६५ भन्दा बढी वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व निर्माण भएको माओवादी केन्द्रले जनाएको छ । कुल ८५ वडा रहेमामा अरु वडामा भने अधिवेशन हुन बाँकी छ । वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->