तनहुँ/नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत तनहुँमा भएको दुवै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मत गणना सकिएको छ । दुवै क्षेत्रमा फरक प्यानलका उम्मेद्वार विजयी भएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ को सभापतिमा श्यामकुमार मौरती विजयी भएका छन् । निकटम प्रतिष्पर्धी विश्व बास्तोलालाई ८३ मतले पराजित गर्दै मौरती क्षेत्रीय सभापति बनेका हुन् । ४८५ मत प्राप्त गरी मौरती विजयी भएका हुन् भने प्रतिष्पर्धी बास्तोलाले ४०२ मत प्राप्त गरेका छन् । मौरती यसअगाडी महाधिवेशन प्रतिनिधि थिए । बास्तोला जिल्ला सचिव हुन् ।
निर्वाचित सभापति मौरती जिल्ला सभापति बैकुण्ठ न्यौपाने र केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पौडेल प्यानलबाट चुनावी मैदानमा होमिएका थिए । बास्तोला पौडेल निकटका नेता भनिएपनि संस्थापन देउवा समूहका निकट केन्द्रीय सदस्य शंकर भण्डारी, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य गोविन्द भट्टराई र कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले प्यानलबाट उम्मेद्वारी दिएका थिए ।
सचिव र सहसचिवमा पनि मौराती प्यानलका उम्मेद्वार निर्वाचित भएका छन् । क्षेत्रीय सचिव पदमा दयानिधी बराल र राजु बानियाँ निर्वाचित भए । यी दुईले क्रमशः ४६३ र ४५९ मत प्राप्त गरेका छन् । प्रतिष्पर्धी तारानरेश पौडेलले ३६१ र चुडामणि दाहालले ३८५ मत प्राप्त गरे ।
युवराज आले र शैलेश खाती सहसचिवमा निर्वाचित भएका छन् । आलेले ४७४ र खातीले ४३६ मत प्राप्त गरेका हुन् । पराजित रविन पौडेलले ३८९ र अर्जुन अधिकारीले ३६९ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर १ मा कूल ९५४ मध्ये ९३१ मत खसेको हो । यो क्षेत्रमा न्यौपाने र पौडेल प्यानल बलियो सावित भएको छ ।
क्षेत्रिय समितिको सदस्यमा प्रत्यक्ष खुल्लातर्फ पंकज अधिकारी, लक्ष्मण मल्ल, हरिप्रसाद मिश्र, विजयी भएका छन् । जनजाति पुरुषमा कुमार गुरुङ र थमबहादुर दरै विजयी भएका छन् । जनजाति महिलामा सुनसरी गुरुङ, खस आर्यमा शरदचन्द्र खनाल विजयी भएका हुन् ।
महाधिवेशन प्रतिनिधिमा खुल्ला पुरुषतर्फ वैकुण्ठ न्यौपाने, रघुनाथ पौडेल, रामचन्द्र पोखरेल, दीपक भट्टराई, देवकुमार श्रेष्ठ, रेशमलाल गुरुङ, सुरेश भट्टराई, आनन्दराज त्रिपाठी, रामचन्द्र अधिकारी र लक्ष्मीप्रसाद आचार्य निर्वाचित भएका छन् ।
खुल्ला महिलातर्फ चिनु पोखरेल, नारायणी अधिकारी, विणा कैनी र पुष्पादेवी श्रेष्ठ विजयी भए । दलित खुल्लातर्फ गण्डकी प्रदेशका विना विभागिय मन्त्री डोवाटे विक, खसआर्य पुरुषतर्फ शान्तिरमण वाग्ले, रामबहादुर बानियाँ, जनजाति खुल्लामा अशोककुमार श्रेष्ठ, टेकबहादुर गुरुङ र पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन् । आदिवासी जनजाति महिलातर्फ सरिता गुरुङ र आशा थापा निर्वाचित भए । दलित महिलातर्फ चन्द्रमाया परियार र अल्पसंख्यकतर्फ खरसिंह दरै निर्वाचित भए । महाधिवेशन प्रतिनिधिमा विजयीमध्ये आनन्दराज, देवकुमार, आशा र पूर्णबहादुर सभापतिमा पराजित बास्तोला प्यानलका हुन अन्य सबै मौरातीको प्यानलबाट विजयी भएका हुन् ।
क्षेत्र नम्बर २ को सभापतिमा चुडामणि खनाल निर्वाचित भएका छन् । ५१ मतान्तरले सभापतिका उम्मेद्वार कृष्णराज पण्डितलाई पराजित गर्दै खनालले बाजी मारेका हुन् । खनालले ४४७ र पण्डितले ३९६ मत प्राप्त गरेका छन् । निर्वाचित खनाल भण्डारी, वाग्ले, भट्टराई र आले प्यानलका उम्मेद्वार हुन् । खनाल र पण्डित यो भन्दा पहिले महाधिवेशन प्रतिनिधि थिए ।
सचिव र सहसचिव पदमा पनि खनाल प्यानलका उम्मेद्वार विजयी भएका छन् । जिवन चन्द ठकुरीले ५१७ र सन्तोष घिमिरेले ४८३ मत पाएर क्षेत्रिय सचिवमा निर्वाचित भए । निकटम प्रतिष्पर्धी पुर्णचन्द्र घिमिरेले ३१५ र प्रेमबहादुर थापाले ३५३ मत पाएका छन् ।
सहसचिव पदमा याम सारु मगर र चित्रबहादुर राना निर्वाचित भएका छन् । सारुले ५०३ र रानाले ५३६ मत प्राप्त गरे । प्रतिस्पर्धी नरसिङ रानाले ३१९ र टुकराज श्रेष्ठले २९८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ८६६ मध्ये ८६० मत खसेको थियो ।
क्षेत्रीय समितिको सदस्यमा प्रत्यक्ष खुल्लातर्फ पूर्णबहादुर श्रेष्ठ, मनबहादुर पुन हमाल र हिमाल आले मगर विजयी भएका छन् । जनजाति पुरुषमा ईश्वरकुमार श्रेष्ठ र भिमबहादुर थापा (मणि) विजयी भएका छन् । जनजाति महिलामा डल्लीमाया श्रेष्ठ, खस आर्यमा विजयराज खनाल, खस आर्य महिलामा लक्ष्मी मल्ल र दलितमा लक्ष्मी विक विजयी भएकी छन् । प्रदेश ‐क) क्षेत्रिय सदस्य महिलामा शोभा कोईराला र खुलामा संजित पटेनीभाट र दिपक मल्ल ‐हिमकुमार मल्ल)विजयी भएका छन् ।
महाधिवेशन प्रतिनिधि खुला पुरुषमा जितप्रकाश आले, धुर्व वाग्ले, राजेन्द्रकृष्ण श्रेष्ठ, झुलबहादुर आले, मिलन आले, किसान गुरुङ, महेश्वर भट्टराई, जिवन शर्मा, भक्त श्रेष्ठ र कृष्ण गौतम निर्वाचित भएका छन् । मिलन, किसान र कृष्णबाहेक अन्य महाधिवेशन प्रतिनिधिमा विजयी भएका सबै सभापतिमा विजयी खनाल प्यानलका हुन् । महाधिवेशन प्रतिनिधि खुला महिलामा मायादेवी राना, ईन्द्रकुमारी सिग्देल ‐इन्दिरा), तुलसीमाया अधिकारी र लक्ष्मी वाग्ले निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा खस आर्यमा डिल्लीराम अधिकारी, खस आर्य महिलातर्फ लक्ष्मि सिग्देल, दलित पुरुषतर्फ रामकृष्ण विक, दलित महिलातर्फ दिव्यश्वरी विक र अल्पसंख्यक अपांगतर्फ गंगाबहादुर कुमाल निर्वाचित भएका छन् । जनताति पुरुषमा भिमबहादुर थापा, मोहनकुमार श्रेष्ठ र चामबहादुर थापा विजयी भएका छन् । चामबहादुर सभापतिमा पराजित पण्डित प्यानलका हुन् । महिलातर्फ गिनुमाया थापा, नरमाया आले थापा र पम्फा थापा विजयी भएका छन् ।





