आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सक्रिय राजनीतिमा होमिए विश्वशंकर पालिखे

सक्रिय राजनीतिमा होमिए विश्वशंकर पालिखे

कांग्रेसको कास्की जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा । 


  • ढोरपाटन संबाददाता
  • मंसिर ८ २०७८, बुधबार

पोखरा/ नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनका लागि विश्वशंकर पालिखेले कास्की जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । पालिखेले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । ५ दशकदेखि आफू नेपाली कांग्रेसमा आवद्ध रहेको बताउदै उनले अब राजनीतिक यात्रा सुरु गर्ने उद्घोष गरे । उनी पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन् ।

पदको लागि नभइ कांग्रेस वलियो बनाउन व्यवसाय छाडेर सदस्यमा होमिएका उनको भनाइ छ । उनले आफ्ना बुबा स्व.दयाशंकर पालिखे जीवपर्यन्त पार्टीमा आवद्ध भएपनि कहिल्यै पदमोह नभएको स्मरण पनि गरे । कांग्रेसको यही मंसिर १० गते जिल्ला अधिवेशन हुँदैछ । २०२९ सालमा पृथ्वीनारायण क्यामपसबाट नेपाल विद्यार्थी संंघको सदस्यता लिएर पालिखेले राजनीतिक यात्राको थालनी गरेका थिए ।

त्यस्तै २०५७ देखि २०६० सालसम्म नेपाल पर्यटन वोर्डको सदस्य रहेका पालिखे नेपाल ट्रायथोलन संघको संस्थापक अध्यक्ष, नेपाल चीन जनमैत्री संघ पोखराको अध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय होटल संघ पोखराको अध्यक्ष तथा े रेडियो अन्नपूर्णको संस्थापक अध्यक्षसमेत हुन् । त्यस्तै जाऊँ है पोखरा, पोखरा भ्रमण वर्ष २००७, उज्यालो पोखरा, पानीको मुहान शुद्धीकरण र नेपाल भेन्टिलेटर सोसाइटी कास्कीको संयोजक समेत भएर काम गरिसकेका पालिखेको सामाजिक कार्यमा महत्वपूर्ण योगदान रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->