आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमालेको १० औं महाधिवेशन आजबाट

एमालेको १० औं महाधिवेशन आजबाट


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०७८, शुक्रबार

पोखरा/ नेकपा एमालेको १० औं महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । नारायणी नदी किनारमा तयार पारिएको भव्य मञ्चमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । उद्घाटन सत्रमा देशभरका ५ लाखभन्दा बढी कार्यकर्ता उपस्थित हुने एमालेले जनाएको छ । एमाले महाधिवेशनमा भाग लिन देशैभरबाट कार्यकर्ताहरु चितवनतिर लागेका छन् । देशभरबाट आउने कार्यकर्ताको लागि चितवनका ५० ठाउँमा स्वागतद्धार बनाइएको छ भने मञ्च झकिझकाउ छ । २७ सयभन्दा बढी प्रतिनिधिहरुलाई होटलमा बस्ने र खाने व्यवस्था मिलाइएको छ ।

एमालेको बन्दसत्र भने सौराहामा हुनेछ । बन्दसत्रको लागि २२ सय जना अट्ने हल बनाइएको छ । चुनाव भने होटलमा गर्ने व्यवस्था मिलाइएको छ । एमाले महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना सन्देश दिनेछन् भने ४ देशका ८ वटा राजनीतिक दलका १५ जना पाहुना पनि एमाले महाधिवेशनमा सहभागी हुनेछन् । माओवादी अध्यक्ष प्रचण्ड कार्यक्रममा जाने छैनन् भने एकीकृत समाजवादीका माधव नेपाललाई निम्तो दिइएको छैन । अन्य दलका नेताहरु पनि महाधिवेशनमा अतिथि बन्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । १२ गतेसम्म चल्ने महाधिवेशन उद्घाटनपछि सोझै नेतृत्व चयनमा प्रवेश गर्नेछ । एमाले महाधिवेशनबाट अध्यक्षसहित १५ जना पदाधिकारी र एक तिहाइ महिलासहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी सदस्य चयन गरिने छ । एमालेमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय गरी तीन वटा तह मात्र रहने व्यवस्था छ स्थायी कमिटी ४५ सदस्यीय हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->