बागलुङ/ नेपाली कांग्रेस बागलुङको सभापतिमा पुन मतदान हुने भएको छ । पहिलो चरणमा भएको मतदानमा कुनैपनि उमेद्वारको स्पष्ट बहुमत नआएकाले आज पुन मतदान हुने निर्वाचन समितिले जनाएको छ । सभापतिको उमेद्वार बनेका जगदिशचन्द्र उपाध्याय, दोर्ण कुँवर र जीत शेरचन तीनै जनाले बहुमत प्राप्त गरेनन् । उपाध्यायले ७ सय ९०, शेरचनले ६ सय ८६ र कँवरले १ सय ६४ मत ल्याए । ४५ मत बदरहुँदा पहिलो भएका उपाध्यायका लागि ३१ मत पुगेन् । कांग्रेसको बिधान अनुसार सभापतिका उमेद्वारले ५१ प्रतिशत मत नल्याउँदासम्म पुन मतदान गर्नुपर्ने व्यवस्था छ । जिल्लाभरको मतदाना १ हजार ७ सय ७५ जना छन् । दोस्रो चरणको मतदानमा पहिलो र दोस्रो हुने उमेद्वारले प्रतिस्पर्धा गर्नेछन् ।





