आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कांग्रेस गण्डकीमा कुन जिल्ला सभापति कसको पक्षमा ?

कांग्रेस गण्डकीमा कुन जिल्ला सभापति कसको पक्षमा ?


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७८, मंगलबार

पोखरा/ गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ९ वटा जिल्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन सकिएको छ । अधिवेशनबाट यी जिल्लाहरुमा नयाँ नेतृत्व छानिएका छन् । जिल्ला तहका अधिवेशनमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्यानल नै बनाएर निर्वाचन भएको थियो ।

गण्डकीका ९ वटा जिल्लामध्ये ६ वटा जिल्ला सभापतिमा देउवा पक्षले निर्वाचन जितेका छन् । वरिष्ठ नेता पौडेल पक्षले भने ३ वटा जिल्लामा मात्र निर्वाचन जितेका छन् । अधिवेशन सकिएर बागलुङमा अहिले मतगणना जारी छ भने नवलपुर जिल्लाको अधिवेशन मंसिर १९ गतेका लागि तोकिएको छ ।

बागलुङमा देउवा पक्षबाट तीन जना सभापतिका उम्मेदवार थिए । जसमा देउवा पक्षबाट जीत शेरचन र द्रोण कुँवर उम्मेदवार थिए भने पौडेल पक्षबाट जगदिशचन्द्र उपाध्याय उम्मेदवार थिए । पहिलो चरणको निर्वाचनमा कांग्रेसको विधान अनुसार कसैको पनि ५० प्रतिशत भन्दा बढी मत नआएपछि दोस्रो पटक निर्वाचन भएको थियो ।

दोस्रो पटकको निर्वाचनमा पौडेलपक्षका उम्मेदवार जगदिशचन्द्र उपाध्याय र देउवा पक्षबाट जीत शेरचन भिडेका छन् । निर्वाचन समितिले पहिला जिल्ला कार्यसमितिको मत गणना गरेकाले सभापतिको मतगणना सुरु नै नभएको जनाएको छ ।

गण्डकीमा देउवा पक्षबाट सभापति जित्नेहरु कास्कीमा किशोरदत्त बराल, तनहुँ जीतप्रकाश आले, लमजुङ डा. टकराज गुरुङ, मनाङमा शंकर गुरुङ, पर्वतमा युवराज जोशी र म्याग्दीमा खमबहादुर गर्बुजा रहेका छन् । यस्तै, पौडेल पक्षबाट स्याङ्जामा राजु थापा, मुस्ताङमा रोमी गौचन थकाली र गोरखामा नन्दप्रसाद न्यौपानेले सभापति जितेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->