आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अखिल नेपाल खेलकुद महासंघ बागलुङको संयोजकमा थापा

अखिल नेपाल खेलकुद महासंघ बागलुङको संयोजकमा थापा


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०७८, बुधबार

बागलुङ/ अखिल नेपाल खेलकुद महासंघ बागलुङको संयोजकमा अरविन थापा चयन भएका छन् । बुधबार यहाँ भएको पहिलो जिल्ला भेलाले थापाको नेतृत्वमा ५३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।

समितिको सदस्यमा कविन्द्र बोहोरा, समिर छन्त्याल, अनिष जिसी, नरेश सप्लाङ्गी, सचिन सुनुवार, लक्ष्मण भुजेल, रमेश परियार, प्रमल थापा, हिमाली रोका, तुलबहादुर रोका, राजु विसी, दिवस थापा, नगेन्द्र थापा, नवीन थापा काला, सौरव खड्का, अशोक थापा, भीम रसाइली, जीवन साहानी, राजु विक, रेशम पुन, खुश्वु घर्ती र रमिला घर्ती छन् ।

यस्तै जमुना घर्ती, एसिया सिँजाली, चन्दिका रोका, भूमिराज थापा, मौसम घर्ती, सूर्यबहादुर थापा, आशिष मगर, विशाल कार्की, दिलीप थापा, लप्शन मगर, विनोद काउचा, सुरेन्द्र केसी, हिमाल केसी, अस्मिता थापा, अजय बोहोरा, नवीना काला, जीवन सुनार, जगबहादुर थापा, संगम श्रीस, अग्रेज क्षत्री, प्रदीप थापा, बसन्त थापा, मिलन थापा, हिरा थापा, राजेश सुनार, दीपेन्द्र खत्री, विष्णु खड्का विकास कँडेल, रवीन खड्का र विशाल थापा सदस्यमा चयन भएका संयोजक थापाले जानकारी दिए ।

आयोजक समितिमा जिल्लाका दश वटै स्थानीय तहबाट विभिन्न विधाका खेलाडी समेटिएको उनको भनाइ छ । समितिले यही मङ्सिर भित्रैमा सम्मेलन गरी जिल्लाको नयाँ नेतृत्व चुन्ने जनाइएको छ । महासंघले स्थानीय तहमा पनि सङ्गठनको संरचना विस्तार गर्ने योजना बनाएको छ ।

भेलाको उद्घाटनपछि बोल्दै महासंघका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज जीवन खातीले खेल क्षेत्रको सुधारका लागि राज्यले सही नीति लिनुपर्नेमा जोड दिए । ‘खेलाडी र प्रशिक्षकको स्तरोन्नति गर्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्छ’, उनले भने, ‘खेलाडी सङ्गठित र एकताबद्ध हुँदा मात्र खेल क्षेत्रका माग पूरा गराउन राज्यलाई दबाब दिन सकिन्छ ।’
उनले विगतमा नेकपा (माओवादी केन्द्र) सरकारको नेतृत्वमा रहँदा खेल क्षेत्रको विकासमा उल्लेखनीय सुधारका काम गरेको स्मरण गरे । भेलामा माओवादी केन्द्रका नेता राजीव घिमिरे, अखिल क्रान्तिकारीका कार्यवहाक जिल्ला अध्यक्ष प्रवीण सापकोटालगायतले मन्तव्य राखे । जिल्ला इञ्चार्ज अरविन थापाको अध्यक्षता, केन्द्रीय सदस्य चिनीमाया कालाको स्वागत मन्तव्य र राजु खड्काको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->