पोखरा – नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । खसेको ११४६ मत मध्ये ४०० मत गणना हुँदा सभापतिका प्रत्यासी पौडेल पक्षका शुक्रराज शर्माले २०४ र देउवा पक्षका अर्जुन प्रसाद जोशीले १९६ मत पाएका छन् । गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि सुरु गरिएको हो ।
यसअघि १५० मत गन्दा संस्थापनका अर्जुन जोशीले थोरै अग्रता बनाएका थिए। जोशीले ७७ मत ल्याउँदा शर्माले ७३ मत ल्याएका छन्। तर अहिले शर्मा अघि बढेका छन्। गण्डकी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहप्रदेश हो। यहाँ सभापति शेरबहादुर देउवा पक्षसँगको प्रतिस्पर्धालाई उनले प्रतिष्ठाको लडाइँ मानेका छन्।





