बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

रुपामा छात्रवृत्ति तथा सहयोग सामग्री

रुपामा छात्रवृत्ति तथा सहयोग सामग्री


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०७८, आइतबार

पोखरा -३० औँ अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकामा छात्रबृत्ति र सहयोगी सामग्री वितरण गरिएको छ । पोखरा १५ नयाँगाउँमा रहेको संस्था सगोल कास्कीले दिवसकै अवसर पारेर अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
अपाङ्गता भएका १६ जना छात्रा र १४ जना छात्र गरी ३० जनाका लागि झोला, कापी, कलम, विद्यालय पोशाक र फेस मास्क सहयोग प्रदान गरिएको सगोल कास्कीका सिबिआर अधिकृत विमला केसीले जानकारी दिइन् । छात्रवृत्ति प्राप्त गरेका सबै विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट पोशाक सिलाईका लागि पाँच सय प्रदान गरिएको छ । त्यस्तै अपाङ्गता भएका १५ जना नागरिकहरुका लागि आवश्यकता अनुसारका सहयोगी सामाग्री प्रदान गरिएको छ । अपाङ्गताको प्रकृति अनुसार ट्वाईलेट चियर, सेतोछडी, लठ्ठी, र बैसाखी प्रदान गरिएको उनले बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक रुपमा सवल र आत्मनिर्भर बनाउन गाउँपालिकाले गरिरहेको प्रयासमा विभिन्न संघ संस्थाको पनि उत्तिकै सहयोग मिलेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->