बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमाले बागलुङको कावा अध्यक्षमा पाठक

एमाले बागलुङको कावा अध्यक्षमा पाठक


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०७८, आइतबार

बागलुङ\नेकपा एमाले बागलुङको कार्यवहाक अध्यक्षको पदमा कृष्ण पाठक चयन भएका छन् । एमालेको बिधान अनुसार माथिल्लो पदमा निर्वाचित भएपछि तल्लो पद अनिवार्य छाड्नुपर्ने प्रावधानअनुसार अध्यक्ष रहेका इन्द्रलाल सापकोटा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उपाध्यक्ष पाठक कावा अध्यक्ष भएका हुन् ।
आइतबार एक कार्यक्रमका बीच सापकोटाले पाठकलाई कावा अध्यक्षको जिम्मेवारी दिंदै निर्णय पुस्तिकासमेत हस्तान्तरण गरे । हालै सम्पन्न दशौं राष्ट्रिय महाधिवेसनबाट सापकोटा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
महाधिवेसनबाट बागलुङकै लिलबहादुर थापा, गोबिन्द नेपाली, मनकुमारी केसी र साबित्रा राना पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनीहरुलाई सम्मान तथा शुभकामना दिने कार्यक्रममा सापकोटाले अध्यक्ष पद छाडेको र कावा अध्यक्ष पाठकलाई सुम्पेको घोषणा समेत गरे ।
कार्यक्रममा बोल्दै सापकोटाले आम निर्वाचनको मुखैमा महत्वपूर्ण पदमा बहाली भएकोले पाठकको काँधमा इतिहास रच्ने जिम्मेवारीमा आएको बताए । ‘दस्तावेज, भाषण र कार्यक्रम जेसुकै गरौं, निर्वाचन जितेर सरकारमा जानुपर्छ’ सापकोटाले भने, ‘कुनैपनि बाहनामा हार्ने छुट छैन, त्यसकालागि सबै मिलेर काम गरौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->