बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखराको मणिपाल कलेजमा अनेरास्ववियुको तालावन्दी

पोखराको मणिपाल कलेजमा अनेरास्ववियुको तालावन्दी


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७८, सोमबार

पोखरा – चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढि शुल्क लिएको आरोपमा नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले मणिपाल कलेजमा तालावन्दी गरेको छ । संगठनका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा वढि शुल्क लिएकाले कलेज प्रशासनमा तालावन्दी गरेको वताए ।
विद्यार्थीलाई मर्का पार्नेगरी कलेजले विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन माग गर्दै आईतवार २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियुले आफ्ना माग पुरा नगरेको भन्दै सोमवारदेखि कलेजको प्रशासनमा अनिश्चितकालिन तालावन्दी गरेको गण्डकी संयोजक पौडेलले वताए ।

‘विद्यार्थीलाई लुटको शृङ्खला नरोक्ने कलेज प्रशासनको रबैयाले कारण कलेज प्रशासनमा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो’, अध्यक्ष पौडेलले भने, ‘हाम्रा माग पुरा नभएमा थप कडा आन्दोलन गर्न बाध्य हुनेछौ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->