शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

नेपाल निजामती कर्मचारी युनियन जैमिनीको अध्यक्षमा पौडेल

नेपाल निजामती कर्मचारी युनियन जैमिनीको अध्यक्षमा पौडेल


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७८, मंगलबार

बागलुङ/ नेपाल निजामती कर्मचारी युनियन जैमिनी नगरपालिकाको पहिलो अधिवेशनले रामकृष्ण पौडेलको अध्यक्षतामा ९ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा झलक शर्मा, सचिवमा पृथ्वी बहादुर थापा, कोषध्यक्षमा भगवती चापागाईं र सहसचिवमा दुर्गादेवी शर्मा चयन भएका छन् । समितिको सदस्यहरुमा प्रदिप आचार्य, रविन्द्र शर्मा, यदुनाथ शर्मा र कमला सापकोटा चयन भएका छन् ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्यले कर्मचारीको हक हितको क्षेत्रमा काम गर्ने युनियन सधैं सकृय हुनुपर्ने बताए । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ जिल्ला अध्यक्ष कृष्ण प्रसाद ढकालको स्वागत र  रामकृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->