बागलुङ-शुक्रबारदेखि सुरु हुने राष्ट्रिय भजन महोत्सवका लागि बिहीबार मोटरसाइकल ¥याली गरिएको छ । बानपा–४ कुँडुले फेदीदेखि म्याग्दीको रत्नेचौर, बेनीबजार, पर्वतको कुश्माहुँदै बागलुङसम्म ¥याली गरिएको हो ।
चार दिनसम्म सञ्चालन हुने भजन महोत्सवका लागि विभिन्न स्थानबाट ५० बढी समूह सहभागी हुने बताइएको छ । कुँडुलेस्थित शालग्राम संग्राहलयको प्रचार तथा धार्मिक गन्तव्य बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक राजु खड्काले बताए । मोटरसाइकल ¥यालीसँगै इस्कोन बागलुङका प्रतिनिधिले ‘हरे राम हरेकृष्ण’ भजनकृतन समेत गरेका थिए । महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकार समेत आउने भएका छन् ।





