बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

ज्योतिषले जुराएको साइतमा कांग्रेसको महाधिवेशन उद्घाटन हुने

ज्योतिषले जुराएको साइतमा कांग्रेसको महाधिवेशन उद्घाटन हुने


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७८, शुक्रबार

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उदघाटन ज्योतिषले जुराएको साईतमा हुने भएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभयोगको संयोग पारेर समय निर्धारण गरिएको ज्योतिष सुरेशचन्द्र रिजालले बताएका छन् ।

रिजाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका ज्योतिष पनि हुन् । उनले नै देउवालाई सात पटकसम्म प्रधानमन्त्री हुने योग रहेको भविष्यवाणी गरेका थिए । ज्योतिषीलाई साइत हेराएरै कांग्रेस महाधिवेशन शुक्रबार ठीक १ बजे उद्घाटन गर्न लागिएको हो ।

पञ्चांगअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशी तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको छ । यो महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग रहेको ज्योतिष रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->