बागलुङ/ नेकपा एकीकृत समाजवादी पार्टी सम्बद्ध अनेरास्ववियु धौलागिरी बहुमुखी क्याम्पस प्रारम्भिक कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले शनिबार आयोजना गरेको वनभोज कार्यक्रममा तसलिमा खातुनको अध्यक्षतामा प्रारम्भिक कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्ष हेम नेपाली, सचिव मनिषा नेपाली, सहसचिव गणेश पौडेल र कोषाध्यक्ष एलिसा पुन रहेको ३१ सदस्यीय कमिटी गठन गरेको नेकपा एसका फणिन्द्र खड्काले जानकारी दिए ।





