आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मगरात राष्ट्रिय समन्वय समितिको अध्यक्षमा पुरमती

मगरात राष्ट्रिय समन्वय समितिको अध्यक्षमा पुरमती


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७८, आइतबार

बागलुङ/ जनता समाजवादी पार्टीले शनिबार बागलुङमा आयोजना गरेको प्रथम मगरात राष्ट्रिय भेलाले २७ सदस्यीय मगराँत राष्ट्रिय समन्वय समिति गठन गरेको छ । पाल्पाकी पुरमती मगरको अध्यक्षतामा समन्वय समिति गठन भएको हो ।

समितिका उपाध्यक्षहरुमा हरि घर्ति, श्याममाया मगर, अमर भण्डारी र राजेश पुन रहेका छन् । समितिको मुख्य सचिवको जिम्मेबारी बागलुङका कृष्ण सापकोटाले पाए । सचिवहरुमा धनीलाल राना र ओम प्रसाद गुरुङ चयन भएका छन् । समितिको कोषध्यक्षमा नेत्र थापा चयन भएको निर्वाचन समितिले जनाएको छ । भेलालले मगरात क्षेत्रमा पर्ने गण्डकी, लुम्बीनी र कर्णालि प्रदेशमा छुट्टाछुट्टै मगरात राष्ट्रिय समिति गठन गरेको छ ।

गण्डकी प्रदेशमा नवलपुरकी नेता सुस्मिता थापाको संयोजकत्वमा २७ सदस्यीय समिति गठन भएको छ । कर्णालीमा ओमबहादुर पुनलाई संयोजकको जिम्मेवारी दिईएको छ । समितिका सदस्यहरु चयन हुन बाँकी रहेको जसपाले जनाएको छ । लुम्बिनी प्रदेशको संयोजकमा अर्घाखाँचीका टोपबहादुर बराल चयन भए । लुम्बिनीमा पनि २७ सदस्यीय समिति बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->