शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

एमाले गण्डकी अध्यक्षमा म्याग्दीका नवराज शर्मा, केद्रीय कमिटीमा गण्डकीका ७ जना मनोनित

एमाले गण्डकी अध्यक्षमा म्याग्दीका नवराज शर्मा, केद्रीय कमिटीमा गण्डकीका ७ जना मनोनित


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७८, आइतबार

पोखरा – नेकपा एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा चयन भएका छन् । एमालेको केन्द्रीय कमिटीको बैठकले म्याग्दीका नवराजलाई गण्डकी अध्यक्षमा चयन गरेको हो ।
शर्माले २०७० को संविधान सभा निर्वाचनमा म्याग्दीबाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए । २०४१ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका शर्मा २०४२ देखि २०५४ सालसम्म अनेरास्ववियुको जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष रहेका थिए । २०५४ सालमा जिविस म्याग्दी सभापति रहेका शर्मा यसअघि गण्डकी प्रदेश कमिटी सदस्य थिए ।
कमिटीको उपाध्यक्षमा स्याङ्जाका मोहन रेग्मी चयन भएका छन् । उनी गण्डकी प्रदेश सांसद हुन् । विधायन समितिको सभापतिको रुपमा पनि उनले काम गरिसकेका छन् । सचिवमा लमजुङका धनञ्जय दवाडी चयन भएका छन् । उनी गण्डकी प्रदेश सांसद हुन् । सहसचिवमा भने मञ्जु अधिकारी र रश्मी आचार्यलाई चयन गरिएको छ । एमाले नेतृ मञ्जु अधिकारी पर्वतको फलेवास नगरपालिकाकी उपमेयर हुन् भने रस्मी अखिलको केन्द्रीय उपाध्यक्षबाट बिदा लिएर भूगोलको राजनीति गर्न आएका हुन् ।
एमाले केद्रीय कमिटीमा गण्डकीका ७ जना मनोनित
एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गर्दा गण्डकीबाट ७ जना अनुहार अटाएका छन् ।
एमालेमा कास्कीबाट पोखरा महागनरपालिकाकी उपमेयर मञ्जु गुरुङ, कास्कीकै बालकृष्ण काउछा मगर, पर्वतबाट संघीय सांसद रहेका पदम गिरी र कल्पना चापागाइँ, बागलुङबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने डाक्टर सूर्य पाठक र कृष्ण केसी तथा मुस्ताङका चन्द्रमोहन गौचनलाई मनोनित गरेका हुन् । केन्द्रीय सदस्यका आकांक्षीहरु कास्कीका पुण्य पौडेल केन्द्रीय सदस्यमा अटाएनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->