काठमाडौं – नेपाली कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । तर, अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन् ।
महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । त्यसमध्ये अहिलेसम्म २००६ मत गणना भएको छ ।
अहिलेसम्मको गणनाअनुसार देउवाले ९५८, कोइरालाले ७२६, सिंहले १५३, निधिले ११७ र गुरुङले ६ मत प्राप्त गरेका छन् । सबैभन्दा अगाडि रहेका देउवा र कोइरालाबीचको मतान्तर २३२ छ ।





