आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

देउवाले बढाए मतान्तर, ३१८१ गन्दा १५०६ मत

देउवाले बढाए मतान्तर, ३१८१ गन्दा १५०६ मत


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०७८, मंगलबार

काठमाडौँ/ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् ।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान तीन हजार १८१ मत गणना हुँदा सभापति देउवाले १,५०६, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १,१७८, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरूङले १५ मत प्राप्त गरेको समितिले जनाएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->