आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कांग्रेस महाधिवेशन : उपसभापतिमा खड्का र गुरुङ

कांग्रेस महाधिवेशन : उपसभापतिमा खड्का र गुरुङ


  • ढोरपाटन संवाददाता
  • पुष १ २०७८, बिहिबार

पोखरा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जित निकालेका छन् । बुधबार साँझबाट मध्यरातिसम्म पार्टी कार्यालय सानेपामा भएको गणनामा खड्का र गुरुङले सभापति पदमा जित निकालेका हुन् ।

उपसभापतिमा विजयी भएका दुवै भने फरकफरक प्यानलबाट उम्मेदवारी दिएका थिए । विजयी खड्काले संस्थापन समूहबाट उम्मेदवारी दिएका हुन् । उनले दुई हजार १२१ मतसहित सर्वाधिक मत पाएका हुन् । त्यस्तै संस्थापन इतर समूहबाट उम्मेदवारी दिएका गुरुङले एक हजार ९०८ मत प्राप्त गरेका थिए ।

शीर्ष दुईका लागि प्रतिस्पर्धामा रहेका अर्का उम्मेदवार विजय कुमार गच्छदार गुरुङसँग दुई मतान्तरले पराजित भएका हुन् । उनले एक हजार ९०६ मत ल्याएका थिए । कांग्रेस विधानअनुसार उपसभापतिका लागि शीर्ष दुई मत ल्याउनु पर्ने थियो । जसमा दुई संख्याका लागि सात जना उम्मेदवार भिडेका थिए ।
उपसभापतिका पदका लागि उपसभापतिमा विजयी पूर्णबहादुर खड्का र विजय गच्छदार दुवै देउवा प्यानलका उम्मेदवार दिएका थिए भने धनराज गुरुङ र डा चन्द्र भण्डारी दुवै संस्थापनइतर समूह शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

कोइराला प्यानलका धनराज गुरुङले सुरुआती चरणमा अग्रता लिए पनि मतगणना ३५ सय कटाउँदा तेस्रो स्थानमा रहेका विजय गच्छदारले उछिनेका थिए । तर, अन्तिम नतिजा मत गनिसक्दा पुनः आफ्नो मत बढाउँदै झिनो अंकले उपसभापतिका लागि पद सुरक्षित गरेका हुन् । उपसभापतिमा विजयी गुरुङ गण्डकी प्रदेश स्याङजाका हुन् ।

उपसभापतिमा चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाहले पनि उम्मेदवारी दिएका थिए । उनीहरुले त्रमशः एकहजार ५८०, ५ सय ४४, एकहजार ५८९ र एक सय ३२ मत प्राप्त गरेका थिए ।
कांग्रेस सभापतिमा भने प्रधानमन्त्री शेरबहादुर देउवा दोहोरिइसकेका छन् । बुधबार बिहान साढे ३ बजे सकिएको मत गणना परिणाम अनुसार उनले २ हजार २ सय २४ मतसहित सभापतिमा दोहोरिएका हुन् । उनका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ८ सय १७ मत ल्याएका थिए ।

पहिलो चरणमा सभापतिका लागि देउवा र कोइरालासहित ५ जना प्रतिस्पर्धी मैदानमा उत्रिएका थिए । तर, पहिलो चरणमा कांग्रेस विधानअनुसार सबैले मत ल्याउन नसकेपछि दोस्रो चरणमा देउवा र कोइराला भिडेका थिए । जसमा सभापति पदमा पहिलो चरणमै पराजित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले संस्थापन पक्षलाई नै सघाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->