आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी अध्यक्ष कुसुमले पदभार गरिन्

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी अध्यक्ष कुसुमले पदभार गरिन्


  • ढोरपाटन संवाददाता
  • पुष १ २०७८, बिहिबार

स्याङ्जा/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष गायत्री गुरुङ ‘कुसुम’ले पदभार ग्रहण गरेकी छन् । नवनिर्वाचित गुरुङले पोखरा १०, बुद्धचोकस्थित पार्टी प्रदेश कार्यालयमा गएर पदभार ग्रहण गरेकी हुन् ।

अध्यक्ष गुरुङलाई पार्टी केन्द्रीय कमिटीका सदस्य एवं प्रदेशका इन्चार्ज हितराज पाण्डेले पदभार ग्रहण गराएका हुन् । प्रदेश समितिको मंसिर २५ गतेदेखि पोखरामा सुरु भएर सोमबार सकिएको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २८ जना पछि थप्ने गरी दुई सय एक सदस्सीय समिति निर्वाचित गरेको थियो ।

अध्यक्षमा चयन भएकी नेतृ गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत हुन् । जनयुद्धको सुरुआतदेखि नै भूमिगत भएर उनी माओवादी आन्दोलनमा होमिएकी हुन् । गण्डकी प्रदेशको पार्टीलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशील रहने उनले प्रतिवद्धता व्यक्त गरिन् ।

‘पार्टीको राष्ट्रिय सम्मेलनपछि मात्र प्रदेशका पदाधिकारी चयन हुनेछ,’ अध्यक्ष गुरुङले भनिन्, ‘अब राष्ट्रिय सम्मेलनको तयारीमा जुट्ने छु ।’ प्रदेश समितिमा पार्टीद्वारा निश्चित गरिएको महिला ३५ प्रतिशत, दलित १९ प्रतिशत र मुस्लिमको १ दशमलव ७१ प्रतिशत प्रतिनिधित्व गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->