आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सांसद बन्न नसकेका गुरु कांग्रेस केन्द्रीय सदस्य

सांसद बन्न नसकेका गुरु कांग्रेस केन्द्रीय सदस्य


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०७८, सोमबार

पोखरा/ कास्कीका युवा नेता गुरु बराल नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् । कास्कीबाट उम्मेदवारी दिएका पूर्वमन्त्री यज्ञबहादुृर थापा, सोभियतबहादुर अधिकारीहरु पछि पर्दा युवा नेता बरालले केन्द्रीय समितिमा ठाउँ बनाएका हुन् ।

निष्ठा इमान्दारिता निरन्तरताको नारा दिएर चुनावी मैदानमा उत्रेका गुरु प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलमा परेका थिए । देउवा प्यानलमा नै रहेका सोभियतबहादुर अधिकारीलाई भने मतदाताले पत्याएनन् । यसैगरी शेखर कोइराला समूहबाट उम्देवारी दिएका यज्ञबहादुर पनि अन्तिम ३५ मा परेनन् । ३५ जना खुला सदस्यको लागि ९९ जना प्रतिष्पर्धामा उत्रिएका थिए । खुलामा प्रतिष्पर्धा गरेकी सारदा पौडेलले पनि सफलता प्राप्त गरिन् ।

नेपाल विद्यार्थी संघ कास्कीको सभापति तथा केन्द्रीय उपसभापतिसमेत भएका बराल २०७४ सालको चुनावमा कास्की क्षेत्र नम्बर २ ‘क’बाट प्रदेश सभा सदस्य प्रत्यासी थिए । एमाले कास्कीका सभापति कृष्ण थापासँग प्रतिष्पर्धामा उत्रेका उनी ठूलो मतान्तरले पराजीत भएका थिए । थापाले १५ हजार ३ सय २९ मत प्राप्त गर्दा गुरु बरालले ८ हजार ३ सय २५ मत प्राप्त गरेका थिए । पोखराको आर्वामा जन्मेका बराल कास्की क्षेत्र नम्बर २ ‘क’ का परिचित अनुहार थिएनन् ।
नवलपुरबाट प्रतिनिधित्व गर्ने डाक्टर शशांक कोइराला, तनहुँका शंकर भण्डारी,स्याङ्जाका गोपालमान श्रेष्ठ पनि केन्द्रीय सदस्य बनेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->