आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्म स्थगित

प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्म स्थगित

एमालेको अवरोधबीच संसदबाट चार अध्यादेश स्वीकृत


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०७८, बुधबार

काठमाडौ/प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित भएको छ । पुस १८ गते आइतबार आगामी बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए ।
सभामुख सापकोटाले बैठक ११ दिन पर राखेपछि संसद्मा विचाराधीन अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) तत्काल संसद्मा पेश नहुने भएको छ । एमसिसी संसदमा पेश गर्ने चर्चाले संसददेखि सडकसम्म चर्चामा रहेपनि अब केही पर सर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा एमसिसी पेश गर्न खोजे पनि गठबन्धनमै सहमति बन्न नसक्दा असफल बन्यो । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबाहेक सबै दल यथास्थितिमा एमसिसी अगाडि बढाउन नहुने पक्षमा छन् ।
पाँच दलीय सत्ता गठबन्धनमै सहमति बन्न नसकेपछि एकीकृत समाजवादीका नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाईएको छ । यसअघि साविक नेकपाले पनि खनालकै नेतृत्वमा कार्यदल बनाएको थियो तर सो कार्यदलको प्रतिवेदन कार्यान्वयनमै आएन ।
संसदमा एमसिसी पेश गर्न सभामुख सापकोटाको महत्वपूर्ण हात हुन्छ । सापकोटा तत्कालै एमसिसी अगाडि बढाउने पक्षमा छैनन । सभामुख र गठबन्धनमै सहमति जुटाउन नसक्दा देउवालाई एमसिसी अगाडि बढाउन चुनौती बनेको छ ।
यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच चारवटा अध्यादेश प्रतिनिधिबाट स्वीकृत गरिएको छ ।
एमालेका अवरोधबीच बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश–२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ र रेल्वे अध्यादेश–२०७८ बहुमतले स्वीकृत भएको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीनवटा अध्यादेश सम्बन्धि प्रस्ताव स्वीकृतिका लागि निर्णयार्थ पेश गरेका थिएभने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश–२०७८ स्वीकृतिका लागि निर्णयार्थ पेश गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->