
बागलुङ/साविकको कुश्मीशेरा गाविसलाई खानेपानी पु¥याउने गरी १२ वर्षअघि सुरु भएको खानेपानी आयोजनाको काम सकिन अझै एक बर्ष लाग्ने भएको छ । पहिले बजेट अभाव र पछिल्लो समय मुहानको समस्याका कारण बृहत कुश्मीशेरा खानेपानी आयोजनाको अवधि लम्बिएको हो ।
आयोजनाअन्र्तगत मुख्य योजनाको ट्याङकी पाईपलाईन र उपभोक्ताका घर घरमा धारा निर्माण भैसक्दा समेत मुहानबाट पानी ल्याउन नसकिएको हो । बागलुङ नगरपालिका–११ रायडाँडामा रहेको बेतिनी खोलामा रहेको मुहानमा पहिले विवाद र पछिल्लोपटक बाढीले ठुलो क्षति पु¥याएको छ । मुहानमा रहेको समस्याका कारण तत्काल पानी ल्याउन नसकिएको उपभोक्ता समितिका अध्यक्ष रुद्र आचार्यले बताए ।
संघीय सरकारबाट सुरु भएको यो आयोजना संघियता कार्यान्वयनपछि प्रदेश सरकारले जिम्मेवारी लिएको छ । ‘पहिले बजेट न्युन हुँदा काम गर्न कठिन थियो, अहिले बजेटको समस्या छैन्, प्रदेशमा आएपछि भैरहेका काम बनेका हुन्’ अध्यक्ष आचार्यले भने ‘अब काम रोकिन्न एक वर्षभित्र उपभोक्ताका धारामा पानी पु¥याउने लक्ष छ ।’
१ सय घनमिटर, २० घनमिटर र १५ घन मिटरका ट्याङ्कीहरु निर्माण भैसकेका छन् । झण्डै ६ किलोमिटर पाईपलाईनको काम सकिएको भएपनि मुहानबाट पानी चलाउन नसकिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका इञ्जिनियर बिक्रम शाहले बताए । ‘३ सय धारा निर्माण भैसकेका छन्, बाँकी दुई सय धारा निर्माण हुन बाँकी छन्” शाहले भने ‘पहिले मुहानको पानी ल्याउन सके धारा बनाउन बजेटको समस्या हुन्न, कार्यालय कामका लागि तयार छ ।’ शाहका अनुसार मुहानमा बाढीले पु¥याएको क्षतिको मर्मतका लागि सुधार बिस्तारको काम भैरहेको छ ।
चालु आर्थिक वर्षमा विनियोजन भएको ४० लाख रुपैयाँको काम सकिएको छ । उपभोक्ताको घर घरमा धारा निर्माणमा बजेट सकिएको अध्यक्ष आचार्यले बताए । सुधार विस्तारको लागि २० लाख रुपैयाँ मात्रै विनियोजित बजेट छ । ‘बाढीपहिरोका कारण बनेका संरचनामा क्षति धेरै भएको छ, सुधार विस्तारको काम धेरै भएकाले बजेट अपुग हुन्छ’ आचार्यले भने ‘बजेट थप भएर आउने कुरा छ, सोही अनुसार काम अघि बढ्छ ।’
आयोजनाअन्र्तगत साना आयोजना १४ वटा छन् । सबै साना आयोजनामा समेत १२ वर्षअघि निर्माण थालिएका संरचना अधुरै छन् । आयोजना सुरु भएपछि खानेपानीको आशामा रहेका उपभोक्ता भने लामो समय धारामा पानी नआउँदा निराश छन् । ‘बनेका धारा भत्किने अवस्थामा पुगे पानी आएन्, आशामै बिते १२ वर्ष’ उपभोक्ता क्षमकला शर्माले भनिन् ‘पानी नहुँदा बनेको धाराको संरक्षण गर्न पनि सकिएन ।





