बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

छात्रावृत्तिका अनेक नाम, बलेवामा एकैठाम

छात्रावृत्तिका अनेक नाम, बलेवामा एकैठाम


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०७८, शुक्रबार

बागलङ/जिल्लाको बलेवा क्षेत्रका सबै विद्यालयका गरिव, जेहेन्दार तथा उत्कृष्ट ७४ जना विद्यार्थीहरुलाई छात्राबृत्ति प्रदान गरिएको छ । धौलागिरी छात्राबृत्ति अक्षयकोष प्रतिष्ठान बलेवाले बिभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई एकै पटक छात्राबृत्ति उपलव्ध गराएको हो ।
बलेवाका माविबाट आर्थिक वर्ष २०७६÷०७७ को एसईईमा उत्कृष्ट छात्रछात्रालाई छात्रबृत्ति प्रदान गरिएको थियो । पृथ्वी हिरण्य मावि अमलाचौरका १६ जना, त्रिभुवन मावि पैयुपाटाका ४ जना, जनमत मावि बास्कोट पैयुपाटाका ४ जना, जनताधन मावि नारयणस्थानका ४ जना, गणेश मावि नारायणस्थानका १२ जना गरि जम्मा २९ जना एसईईमा उत्कृष्ट छात्रछात्रालाई प्रतिविधार्थी १ हजार ५ सय र सम्मान पत्र प्रदान गरिएको छ ।
अन्य कक्षामा अध्ययनरत छात्रछात्राहरुलाई प्रतिविधार्थी एक हजार नगद र सम्मान पत्र प्रदान गरिएको प्रतिष्ठानका संस्थापक तुलसीराम लामिछानेले बताए । लक्ष्मी नारायण आधारभूत विधालय सरङ्गीका १९ जना, जगन्नाथ प्राथमिक विधालय जगन्नाथचौरका ५ जना र सरस्वती प्रा.वि. टाकुरिका ५ जना गरि जम्मा ७४ जना विधार्थिलाई छात्रवृत्ति प्रदान गरिएको उनले बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय बागलुङ समाजको पहलमा बलेवामा स्थापना भएको प्रतिष्ठानले बिभिन्न स्मृति अक्षयकोषहरु जम्मा गरेको छ । बिभिन्न कामको शिलशिलामा देश–विदेशमा रहेका युवाहरुले आफन्तको स्मृतिमा अक्षयकोषहरु स्थापना गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->