आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

केन्द्रीय सदस्य ताक्दै कास्कीका युवा नेताहरु

केन्द्रीय सदस्य ताक्दै कास्कीका युवा नेताहरु


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०७८, आइतबार

पोखरा/ नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनले माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्नेछ । यसअघि प्रथम सम्मेलन भनिए पनि शनिबारको बैठकले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको हो । महाधिवेशनमा भाग लिन गण्डकीबाट ७४ जना प्रतिनिधि काठमाडौं पुगेका छन् ।

नारायणकाजी श्रेष्ठ,देव गुरुङ र देवेन्द्र पौडेल यो अधिवेशनमा पदाधिकारीका आकांक्षी हुन् भने हितराज पाण्डेलगायतका नेताहरुले पनि पदाधिकारीमा आँखा लगाएका छन् । यसअघि केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटीमा रहेकाहरु स्वभाविक रुपले माथिल्लो पद वा नभए त्यही पदका आंकाक्षी हुँदा कास्कीबाट राजकाजी गुरुङ,दीपक कोइराला,हरि अधिकारी, सुमन देवकोटा, रामजी बरालहरुले पनि केन्द्रीय कमिटी सदस्यमा आकांक्षा देखाएका छन् । तनहुँकी आशा खनाल,यसोदा सुवेदी,चन्द्रबहादुर बुढा,गुणाखर बस्याल,दुर्गा विकहरुका आँखा पनि केन्द्रीय कमिटीमै छ ।

‘कास्कीका सबैजसो चर्चित नेताहरु केन्द्रीय सदस्यका आकांक्षी हुन्’,माओवादीका एक जिल्ला नेताले भने,‘प्रदेश र जिल्ला छाडेका नेताहरुले हेर्ने केन्द्र नै हो तर अध्यक्ष प्रचण्डको नजरमा को–को पर्छन् भन्ने अवस्था छैन ।’ उनले हितराज पाण्डे स्थायी कमिटीमा र गण्डकीका अन्य केही शीर्ष नेताहरु पोलिटब्यूरोमा पर्न सक्छन् ।

मुस्ताङबाट जैकला विक र धिरेन्द्रबहादुर विक,म्याग्दीबाट टेकबहादुर विक,विनोद केसी, रेशमबहादुर जुग्जाली र ज्योति लामिछाने प्रतिनिधि बनेका छन् । बागलुङबाट गण्डकी प्रदेशका भूमि व्यवस्थामन्त्री चन्द्रबहादुर बुढासहित दिलमाया रोका,ज्ञामनाथ गैरे,फमलाल निउरे,टीकाकुमारी विक,राजिव घिमिरे, प्रकाश घर्ती मगर र प्रेम घर्ती,कसुम बुढा पुन मगर प्रतिनिधि रहेका छन् भने पर्वतबाट सुदीप कुँवर, मनरुपा सुवेदी,गगन थापा,गुणाखर बस्याल,बाबुराम कार्की,गोविन्दबहादुर नेपाली प्रतिनिधि रहेका छन् । कास्कीबाट प्रदेशका अर्थमन्त्री रामजी बराल,बखानसिंह गुरुङ, तेजकुमारी पौडेल, सुमन देवकोटा,गंगा पोखरेल, दुर्गा विक,सोमती गुरुङ,जगमाया सुनार, रुद्रप्रसाद गौतम, गायत्री गुरुङ आशमान रोका प्रतिनिधि हुँदा स्याङ्जाबाट कल्पना अर्याल,खिमकुमार विश्वकर्मा र दीपक थापा मगर प्रतिनिधि रहेका छन् ।

नवलपुरबाट मित्रशरण शर्मा तिवारी,शुष्मा खनाल,धनप्रसाद सापकोटा,बालकृष्ण रानाभाट,ईश्वरी महतो र दमयन्ती रुचाल, तनहुँबाट राजेन्द्रकेशरी न्यौपाने,हेमराज लामिछाने, अतिन्द्रकेशरी लामिछाने,ओमराज आले,गीता शाही, खुमबहादुर विक र ओमकुमारी पौडेल प्रतिनिधि रहेका छन् । यसैगरी गोरखाबाट खोपबहादुर कँडेल,कमला नहर्की,लेखबहादुर थापा मगर,जगन्नाथ खनाल, लोकप्रसाद बञ्जरा,दीपक देवकोटा, दीपक तिमिल्सिना,छमबहादुर गुरुङ,भगवती तिवारी,धना गुरुङ पम्फा बसेल,पुष्पकुमारी कँडेल,डिलबहादुर सेन्चुरी,भुवन सुनार,अंकुर तिमिल्सिना,कञ्चन कुमाल र निमा लामा प्रतिनिधि रहेका छन् । लमजुङबाट बुद्धिराम गुरुङ,मधु अधिकारी गुरुङ,सरोज शर्मा,सुनिल सुनार,सतिकुमारी तामाङ र महम्मद जलादिन मियाँ तथा मनाङबाट लक्ष्मीकुमारी लामा र वेदबहादुर गुरुङ प्रतिनिधि चयन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->