पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका १० छोम्रोङमा आइतबारबाट २० औं संस्करणको सेन्चुरी ल्होसार महोत्सव सुरु हुने भएको छ ।
आयोजक सेन्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङका अनुसार आयोजना मेला पुस १४ गतेसम्म चल्नेछ । उनका अनुसार पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन हुने सो महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित विभिन्न खेलकुदका कार्यक्रम समावेश गरिएको छ ।
महोत्सवमा मुख्य आकर्षकको रुपमा पुरुष भलिबल प्रतियोगिता र बास्केटबल प्रतियोगिता आयोजना गरिएको क्लबका सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए । गुरुङका अनुसार भलिबलतर्फ १२ टिम र बास्केटबल तर्फ १४ टिमले दर्ता गरिसकेको बताए । दुवै प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्राप्त गर्नेछन् ।





