आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

देउवाले भने– ‘एमसीसीमा राष्ट्रघात देखाउनुस्’

देउवाले भने– ‘एमसीसीमा राष्ट्रघात देखाउनुस्’


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०७८, आइतबार

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले पढेका छन् भनेर प्रश्न गरे ।
‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुपर्‍यो एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त कहिँ देखेको छैन,’ उनले भने, ‘म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलापमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ म किन । राष्ट्रघात गरौंला ।’

कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसीबारे आफूहरु (सत्तारुढ दलहरु)बीच छलफल भइरहेको बताए । ‘प्रचण्डजीहरु, अरु नेताहरुसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘एमसीसी नेपालको हितमा छ । सित्तै आएको पैसा हो यो । सित्तै आएको पैसा चाहिन्न भन्छ !’

‘वर्ल्ड बैंक एडीबीबाट हामी ऋण लिन्छौं, त्यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । एमसीसी सित्तै आएको छ, नेपालको कानुन मान्छु भन्या छ, तैपनि मान्दैन । राम्रोसँग बुझ्नुपर्‍यो क्या ’

व्यापक छलफल भएर सहमतिका आधारमा एमसीसी पास हुने आफ्नो विश्वास रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->