बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ बजारको ८० ठाउँमा सिसि क्यामेरा जोडिने

बागलुङ बजारको ८० ठाउँमा सिसि क्यामेरा जोडिने


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७८, मंगलबार

बागलुङ/क्षतविक्षत भएका सदरमुकाम बागलुङ बजारका सिसि क्यामेरा फेरी मर्मत गरेर संचालनको तयारी भएको छ ।
बजारको सुरक्षामा प्रहरीलाई साथ दिने भन्दै उद्योग वाणिज्य संघले झण्डै ६ वर्षअघि जोडेका ४० वटा सिसि क्यामेरा गतबर्ष नगरभित्रको सडक चौडा पार्ने र बिद्युतका पोल फेर्ने क्रममा क्षतबिक्षत भएका थिए । सिसि क्यामेरा मात्रै क्षतबिक्षत मात्र नभई त्यसबाट फुटेज हेर्नेगरी बनाइएको कन्ट्रोल कक्ष पनि छैन । जिल्ला प्रहरीमा राखिएको कक्ष अहिले बन्द छ ।
झण्डै डेढ वर्षदेखि प्रहरी कार्यालयमा कन्ट्रोल रुमसमेत छैन । सदरमुकाम आसपासमा चोरी लगायतका अपराधका घटना हुँदा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । सिसि क्यामेरा अभावमा यो समस्या भएपछि बागलुङ नगरपालिकाले फेरि उद्योग वाणिज्य संघ, सुनचाँदी व्यवसायी र बैकर्स एसोसिएसनको सहकार्यमा जोड्ने तयारीग गरेको हो । ‘हामीले बजेट विनियोजन गरिसकेका छौं,अब व्यवसायी साथीहरुले पनि साथ दिनुहुनेछ’, नगरप्रमुख जनकराज पौडेलले भने,‘बजार क्षेत्रको अपराध नियन्त्रणमा यसले साथ दिन्छ ।’ चोरी, डकैती, दुर्घटनालगायतका विषय थाहा पाउन सिसि क्यामेरा उपयोगी हुन्छ ।
‘सिसि क्यामेरा जडान गरौं भनेर धेरै पटक भनियो, सुनुवाइ भएको थिएन, अहिले बल्ल नगरपालिकाले पनि चासो देखाएको छ’, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले भने, ‘बजार व्यवस्थापन गर्ने हो भने अनिवार्य सिसि क्यामेरा जडान गर्नुपर्छ ।’ अघिल्लो वर्ष नगरपालिकाले बजारका अव्यवस्थित पोल हटाउने काम गर्दा सबै सिसि क्यामेरा फालिएका थिए । यसअघि कतिपय चोरीका घटना सिसि क्यामेराको सहायताले भेटिएका थिए ।
सबै क्यामेरा बिग्रेपछि कन्ट्रोल रुम संचालनमा नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले बताए । ‘सिसि क्यामेरा जडान भयो भने अब कन्ट्रोल रुम पनि बनाएर चलाउँछौं’, पल्लीमगरले भने, ‘आबस्यकताका स्थान पनि थपिएका छन्, सबैको सहकार्यमा ती स्थान पहिचान गर्नुपर्छ ।’ सिसि क्यामेरा अभाव भएको मौका छोपेर सडकमा पनि अपराधिक क्रियाकलाप हुने गरेका छन् । गतबर्ष नगरपालिकाले बिद्युत, टेलिकम र नीजि केवल टेलिभिजन कम्पनीहरुको तार हटाउने र पुराना पोल विस्थापित गरेर नयाँ पोल जडान गरेको थियो । सडक अवरुद्ध हुने गरी गाडिएका पोल हटाउने क्रममा ती सिसि क्यामेरा हटेका थिए ।
यसअघि ४० वटा मात्रै सिसि क्यामेरा राखिएकोमा अब भने माग बढेको उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए । व्यवसायीले गरेको सर्भेमा ८० वटा सिसि क्यामेरा चाहिने माग आएको हो । त्यसका लागि नगरपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । समग्र कामका लागि ५० लाख बजेट बिनियोजन भएकोले बाँकी रकम व्यवसायी र बैकर्सले पनि लगानी गर्ने तयारी भएको हो । त्यासका लागि रकम संकलनको अभियान थालिने राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->