आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मुख्यमन्त्री पोखरेल कांग्रेस वरियताको ३० औं स्थानमा

मुख्यमन्त्री पोखरेल कांग्रेस वरियताको ३० औं स्थानमा


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०७८, शुक्रबार

पोखरा/ गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेपाली कांग्रेसको वरियतामा ३० औं नम्बरमा परेका छन् । गण्डकी प्रदेशतर्फको खुलाबाट विजयी बनेका उनले सम्मानजनक हैसियत पाउँदा उनीभन्दा बढी मतले जितेका तनहुँका ध्रुव वाग्लेको वरियता भने ६३ औं नम्बरमा परेको छ । डा.शेखर कोइराला २० औं नम्बरमा रहँदा मुख्यमन्त्री नेपालीभन्दा अगाडि आनन्दप्रसाद ढुंगाना र पछाडि दीपक गिरी रहेका छन् ।

गण्डकीबाट प्रतिनिधित्व गर्ने दलिततर्फका सहमहामन्त्री जीवन परियारलाई १३ औं र पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई १४ औं स्थान दिइएको छ भने नवलपुरबाट प्रतिनिधित्व गर्ने डा. शशांक कोइरालाले १५ औं वरियता पाएका छन् । मुख्यमन्त्री पोखरेललाई तनहुँका गोरखाका सुरेन्द्र पाण्डेले ३५ औं र तनहुँका शंकर भण्डारी र चिनकाजी श्रेष्ठले क्रमशः ३६ तथा ४४औं स्थानमा रहेर पच्छ्याएका छन् । तनहुँका गोविन्द भट्टराईको ४६, मनाङका टेकबहादुर गुरुङ ७६ औं,विनोद चौधरी ९६ औं र बागलुङकी चम्पादेवी खड्काको स्थान १०१ औं तथा स्याङ्जाकी सरस्वती अर्याल तिवारीको १०७ औं र कास्कीका गुरु बरालको १०९औं वरियता कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->