आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खेलाडी कार्कीलाई नगदसहित सम्मान

खेलाडी कार्कीलाई नगदसहित सम्मान


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७८, शनिबार

बागलुङ/ दशरथ रंगशालामा संचालित राष्ट्रिय स्तरको ८ सय मिटर दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेका काठेखोला गाउँपालिका–७ रेशका खेलाडी बादल कार्कीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । कार्कीलाई पालिकाको गरिमा उचो बनाउन खेलकुदका माध्यामबाट महत्वपूर्ण योगदान गरेको भन्दै नगद, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।

गाउँपालिकाको कला संकृति तथा खेलकुद विकास उपसमितिको संयोजनमा कार्कीलाई तीस हजार नगद सहित सम्मान गरिएको समितिका संयोजक टिका संगम बिकले बताए । ‘उहाँदे हाम्रो पालिका, जिल्ला र राष्ट्रको गौरवका लागि खेल्नुभएको हो’ उनले भने ‘हामिले जन्मभूमिमा सम्मान गर्नु दायीत्व सम्झेर सम्मान गरेका हौं ।’

कार्की रेशमा रहेको रेश नुन्थला माविका छात्र हुन् । ‘सानै उमेरदेखि दौडमा रुची राख्ने बादल सम्मानित हुँदा विद्यालयको गरिमा पनि बढेको महशुस भएको छ’ शिक्षक डिलबहादुर कार्कीले भने ‘यो सम्मानले उसलाई थप खेल्न प्रेरित गर्नेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->