आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादीमा राति ८ बजेदेखि उम्मेदवारी दर्ता

माओवादीमा राति ८ बजेदेखि उम्मेदवारी दर्ता


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७८, शनिबार

काठमाडौं/ नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि साढे ८ बजेसम्मलाई तोकिएको छ ।

त्यस्तै ८ः ३५ सम्म उम्मेदवारको विरोधमा उजुरीको सूचना दिने, ८ः४० देखि ९ बजेसम्म उजुरीउपर छानबिन र निर्णय, ९ः१० बजे उम्मेदवारको नामावली पुनः प्रकाशन, ९ः ३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ ।

केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको निर्वाचन कार्यक्रममा ११ :१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ११ः३० देखि राति ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->