बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नव रामरेखाको साधारणसभा

नव रामरेखाको साधारणसभा


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०७८, आइतबार

बागलुङ/ तरकारी उत्पादक किसानहरुको साझा संस्था नव रामरेखा तरकारी उत्पादक सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिबार भएको छ । विभिन्न ११ वटा प्रस्तावहरु पारित गर्दै सहकारीको साधारणसभा सकिएको हो ।
सहकारीले शेयर सदस्यहरुलाई संस्थाप्रति इमान्दार र जिम्मेवार बनाउने, नियमित बचत र ऋणमा लिएर आत्मानिर्भर बन्ने बाटो खोज्ने, मिलेर काम गर्ने र सामाजिक प्रगति गर्ने प्रणमा लाग्न आग्रह गरेको छ ।

कोरोना महामारीका कारण दुई वर्ष यता साधारणसभा गर्न नसकेको भन्दै सहकारी सचिव वसन्त मल्लले सहकारी मर्म अनुसार सहकारीले काम गरिरहेको बताए । सहकारीले उत्कृष्ट नाबालक बचतकर्ता, उत्कृष्ट एकमुष्ठ अवधि बचतकर्ता, दैनिक र चल्ति बचतकर्तालाई सम्मान गरेको थियो ।

जेष्ठ शेयर सदस्यलाई प्रमुख अतिथिका रुपमा सम्मान गर्दै सहकरीले हरेक बर्ष साधारणसभा गर्ने गरेको छ । अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षता र सचिव मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->