बागलुङ/ बागलुङको बुर्तिबाङ नजिकै मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निसीखोला गाउँपालिका ७, राजकुट कुडुँलाका ३३ वर्षीय लिला तामाङ रहेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।
ढोरपाटन नगरपालिका १, बुर्तिबाङ नजिकै खप्तरीबाङको सडक खण्डमा मंगलबार राती ९ बजे बडिगाड गाउँपालिकाको भिमगिठेबाट बुर्तिबाङ जाँदै गर्दा लु १३० प ४५५ नम्बरको मोटरसाइकल बाटोको छेउमा दुर्घटनामा परेको थियो । प्रहरीले खबर पाएलगत्तै घटनास्थलमा पुगी घाइते तामाङलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । उपचारको क्रममा तामाङको मृत्यु भएको प्रहरी निरिक्षक वन्तको भनाइ छ ।
मदिरा सेवन गरि सवारी चलाएकै कारण दुर्घटना घटेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक तामाङको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)समेत नरहेको उल्लेख गरिएको छ ।





