आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले जिल्ला अधिवेशन आजदेखि

एमाले जिल्ला अधिवेशन आजदेखि


  • ढोरपाटन संबाददाता
  • पुष २३ २०७८, शुक्रबार

बागलुङ/नेकपा एमालेको नवौं जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर एमालेले अधिवेशनको तयारी पूरा भएको जनाएको हो ।
अधिवेशनकालागि सबै पालिका र वडातहबाट ६ सय ५० जना प्रतिनिधिहरु सदरमुकाम आइसकेका छन् । उनीहरुलाई सदरमुकामका विभिन्न होटल तथा बजारमै बस्ने प्रतिनिधिका घरघरमा समेत राख्ने व्यवस्था मिलाइएको पार्टी सचिव विष्णु भुषालले बताए ।
केही हिमाली जिल्लाबाहेक ६२ जिल्लामा शुक्रबारबाटै अधिवेसन हुने भएको हो । अधिवेसन दिउसो ११ बजे केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । ‘एकैपटक शुरु गर्ने कार्यक्रम भएकोले अध्यक्षले उद्घाटन गर्नुहुनेछ,’ केन्द्रीय सदस्य गोविन्द नेपालीले भने, ‘अधिवेशनले ३३ प्रतिशत महिलालाई यो पटक नेतृत्वमा लैजानेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->