आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीका ९ जिल्लामा एमाले जिल्ला अधिवेशन सुरु

गण्डकीका ९ जिल्लामा एमाले जिल्ला अधिवेशन सुरु


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०७८, शनिबार

पोखरा/ नेकपा एमालेको कास्कीसहित देशभरका अधिकांश जिल्लामा नवौं अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । देशभरका ६१ जिल्ला सुरु भएको अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भच्र्युअलमाध्यमबाट गरेका हुन् ।

अधिवेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आसन्न राष्ट्रिय सभाको परिणाम प्रतिकूल आउन सक्ने बताएका छन् । तर, उक्त परिणाम यथार्थ जनादेश नहुने उनले दाबी गरे । ‘सकारात्मक परिणाम आएन भने अनौठो मान्न जरुरी छैन किनकि यो आजको जनादेश होइन,’ उनले भने ।

नेकपा एमाले आफैं बलियो भएकाले गठबन्धन नचाहिने अध्यक्ष ओलीको तर्क थियो । जो कमजोर छ उसैले गठबन्धन गरेको भन्दै उनले भने, ‘जो जति कमजोर छ, उसले त्यति चर्कोसँग गठबन्धन भनेर कराइरहेको छ । एमालेलाई गठबन्धन चाहिएको छैन, हामी एक्लै लड्न सक्छौं ।’

कास्कीमा शनिबार चुनावी कार्यक्रम सुरु हुनेछ । जिल्ला अध्यक्षका लागि एक दर्जन प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिने तयारीमा छन् । शुक्रबारै बागलुङमा आयोजित समारोहलाई सम्बोधन गर्ने नेताहरुले भने अबको निर्वाचनमा बागलुङमा अहिलेको भन्दा सुधारिएको अवस्थामा पार्टी पुग्ने दाबी गरेका छन् ।

पार्टीका पोलिटव्युरो सदस्य तथा खेलकुद विकास विभागका प्रमुख लिलबहादुर थापाले एमालेमा नयाँ ऊर्जा सिर्जना भएको बताए । पार्टी र विकास निर्माणमा एमालेका एजेन्डा एकैसाथ लागू हुने भन्दै थापाले अहिलेको अवस्थाबाट पार्टीलाई माथि उकास्न कार्यकर्ताको भूमिका हुने बताए ।

अर्का पोलिटव्युरो सदस्य मनकुमारी केसीले जिल्लाको नेतृत्व छनोटमा बुद्धिमत्ता अपनाउन प्रतिनिधिहरुलाई आग्रह गरिन् । सहमतिमा छनोट भएको नेतृत्वले सबैका भावना समेट्ने उनको तर्क थियो । कार्यक्रममा केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज गोविन्द नेपालीले पार्टी निर्माण गर्ने अग्रजहरुको सम्झना गरे ।

नेकपा एमाले केन्द्रीय सदस्य जिल्ला सहइञ्चार्ज इन्द्रलाल सापकोटाले अहिलेको सरकार खोज्नुपर्ने अवस्थामा पुगेको भन्दै एमालेमाथी भैरहेको घराबन्दी र आक्रमणका बिरुद्धमा लड्न कार्यकर्तालाई आग्रह गरे । एमाले केन्द्रिय सदस्य तथा बैदेशिक मामिला विभागका उपप्रमुख कृष्ण केसीले माओवादी पार्टीले आफ्नो कार्यदिशा नै स्पष्ट गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा केन्द्रीय सदस्य डा. सूर्य पाठक, सावित्रा राना, प्रदेश कमिटीका सचिवालय सदस्य जनकराज पौडेल, ढोरपाटन नगरपालिका प्रमुख देव कुमार नेपाली, संविधान सभासदस्य नरबहादुर थापा, नेपाली कांग्रेस बागलुङका सभापति जीत शेरचन, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष धर्मबहादुर कुँवरले बोलेका थिए ।

कार्यवहाक अध्यक्ष कृष्ण पाठकको अध्यक्षता, उप–सचिव गणेश थापाको स्वागत र सचिव बिष्णु भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नयाँ नेतृत्व चयनका लागि शनिबार बन्दसत्र सुरु हुने आयोजक कमिटिले जनाएको छ । पदाधिकारी लगायत सबै पदमा आकांक्षीहरु धेरै रहेकाले अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नेछ । शनिबार दिउँसो सम्ममा सहमति हुन नसके निर्वाचन प्रक्रियामा प्रवेश गर्ने आयोजकको तयारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->