आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले बागलुङको सचिवमा बिष्णु भुसाल सर्वसम्मत

एमाले बागलुङको सचिवमा बिष्णु भुसाल सर्वसम्मत

अध्यक्षमा ३, उपाध्यक्षमा २ र उप–सचिवमा ७ जनाको उमेद्वारी ।


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०७८, शनिबार

बागलुङ/ नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिबेशनबाट सचिव पदमा बिष्णु भुसाल सर्वसम्मत चयन भएका छन् । शनिबार भएको मनोनयन दर्तामा सचिव पदका लागि भुसालको मात्रै मनोनयन दर्ता भएको हो ।

पदाधिकारी र सदस्यका लागि आकांक्षीहरु धेरै भएपनि सचिवमा भुसालको मात्रै मनोनयन दर्ता भएको निर्वाचन समितिका संयोजक हरी प्रसाद शर्माले बताए । जिल्ला अध्यक्षका लागि कार्यबहाक अध्यक्ष कृष्ण पाठक, प्रदेश कमिति सचिवालय सदस्य हिरा बहादुर केसी र बडिगाड गाउँपालिका अध्यक्षसमेत रहेका एमाले नेता मेहरसिंह पाईजाले उमेद्वारी दर्ता गराएका छन् । त्यस्तै उपाध्यक्षका लागि राम बहादुर जिसी र लक्ष्मण पुनले उमेद्वारी दर्ता गराएका छन् ।

उप–सचिव पदका लागि ७ जनाको उमेद्वारी परेको छ । गलकोट नगरपालिका, ११ का वडा अध्यक्ष डम्मबर बहादुर श्रीष, काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने, ८ का अध्यक्ष चित्र कला छन्त्याल, बागलुङ नगरपालिका–९ का अध्यक्ष गणेश बहादुर थापा मगर, नेता रामबहादुर जिसी र गणेश कुमार थापाले मनोनयन दर्ता गरेको शर्माले बताए । खुल्ला सुदस्य २४ जनाका लागि ३० जनाको उमेद्वारी परेको छ । त्यस्तै महिला सदस्य १४ जनाका लागि १५ जनाको उमेद्वारी परेको शर्माले जानकारी दिए । दलित, जनजाती र अल्पसंख्यक सदस्यका लागि पनि आवश्यकता भन्दा धेरैको मनोनयन दर्ता भएको छ । भुगोल सदस्य तर्फ जिल्लाको जैमिनी नगरपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट सर्वसम्मत सदस्य चयन भएका छन् । जैमिनी नगरपालिकाबाट भुगोल खुल्ला सदस्य तर्फ देवेन्द्र रेग्मी र अमृत सुवेदी सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

नेकपा एमालेको नवौँ जिल्ला अधिवेनबाट भूगोल तर्फको सदस्यमा ताराखोला गाउँपालिकाबाट तीन जना मात्रै अकांक्षी देखिएका छन् । पालिका कमिटिले गरेको छलफलमा तीन जनाको मात्रै अकांक्षा रहेकाले भूगोल तर्फ ताराखोलाबाट सर्वसम्मत रुपमा सदस्य चयन हुने एक नेताले बताए । जिल्ला सदस्य भुगोल तर्फको आकांक्षीमा धनप्रसाद बुढा, हर्कबहादुर विक र टिकादेवी पुन रहेका छन् ।
त्यस्तै भूगोल तर्फको सदस्यमा गलकोट नगरपालिकाबाट तीन जना सर्वसम्मत रुपमा चयन हुने नगर कमिटिले जनाएको छ । गलकोटबाट निर्वाचित हुन पाउने तीन जनाको कोटामा तीन जना मात्रै अकांक्षी छन् । फरिन्द्र थापा, पदम कार्की र मणिकर्ण परियारले सदस्यमा अकांक्षा राखेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->