बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पृथ्वी जयन्ती मनाइयो

पृथ्वी जयन्ती मनाइयो


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०७८, मंगलबार

बागलुङ/पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मंगलबार प्रवचन तथा फलफूल बितरण कार्यक्रम गरेर मनाइएको छ । दिवश मनाउन गठन भएको मुल समारोह समितिले एकता दिवशको सान्दर्भिकताबारे प्रवचन कार्यक्रम गरेको थियो ।
उक्त अबसरमा पूर्व मन्त्री भीमप्रसाद गौचनले पृथ्वी नारायण शाहले गरेको नेपाल एकीकरणबाट अहिलेसम्म नेपाली भएर शिर उचो बनाउन सकिएको दाबी गरे । उनले गणतन्त्र र धर्म निरपेक्षता जस्ता पश्चिमा संस्कृति भित्राएर देशमा राजनीतिक बिखण्डन निम्तेको पनि बताए ।
समारोह समितिका संयोजक शैलेन्द्रकुमार श्रेष्ठको अध्यक्षता, सुर्दशन पन्तको संचालनमा सम्पन्न कार्यक्रममा राप्रपा सचिव बिष्णुप्रसाद सापकोटा, मेघराज पाण्डे लगायतले पृथ्वीनारायण शाहले छरिएका बाइसे, चौविसे राज्य एकीकरण गरेर विशाल नेपाल बनाएको बताए ।
यसअघि उक्त समितिले धौलागिरि अस्पतालका बिरामीलाइ फलफूल समेत बितरण गरेको थियो । समितिले पृथ्वी जयन्तीको अबसरमा चियापान पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->