शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

प्रभा माबि निसीखोलाको भवन उद्घाटन

प्रभा माबि निसीखोलाको भवन उद्घाटन


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७८, बुधबार

बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकाको झिवाखोलास्थित प्रभा माविको नयाँ भवनको उद्घाटन गरिएको छ । दातृ संस्था गोर्खा वेयलफेयर ट्रस्टको २ करोड ३ लाख आर्थिक सहयोगमा १३ कोठे नयाँ भवन निर्माण गरिएको हो ।
ट्रस्टले देशका विभिन्न स्थानमा विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएको छ । भवनको फाउण्डेशनका संरक्षक बेलायती नागरिक रब अबरेनर्वीले उद्घाटन गरेका हुन् । शैक्षिक क्षेत्रको विकासमा ट्रस्टले सहयोग गर्दै आएको बताउँदै संरक्षक रबले, आवश्यक परे थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद खीमविक्रम शाही र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश विक्रम शाहीले दातृ निकायको सहयोगले भौतिक पूर्वाधार निर्माण गर्न सफल भएपछि शैक्षिक सुधारमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
विद्यालयमा भौतिक पूर्वाधार निर्माणपछि खुल्ला चौरमा विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यताको अन्त्य भएको उनीहरुको भनाई थियो । बोहोरागाउँ घर भई ब्रिटिस आर्मीमा कार्यरत जितबहादुर हमालको सक्रियतामा ट्रस्टले सहयोग गर्ने वातावरण बनेको अध्यक्ष शाहीले बताए ।
नयाँ भवनमा कक्षा १ देखि ५ सम्म व्यवस्थित कक्षा व्यवस्थापन गरिएको छभने प्रावि तह र मावि तहका लागि छुट्टाछुट्टै पुस्तकालयको व्यवस्था गरिएको शाहीले जानकारी दिए । विज्ञान प्रयोगशालाका लागि थप सहयोगको अपेक्षा गरिएको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले बताए ।
निसीखोला गाउँपालिकाले बनाइदिएको पाँच कोठे भवन, ट्रस्टको १३ कोठे भवनमा अहिले कक्षा १ देखि १२ सम्मका ७ सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालय नजिकै जग्गा व्यवस्थापन गरि क्याम्पस चलाउने लक्ष्य रहेको आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->