बागलुङ/ ढोरपाटन दैनिक र ढोरपाटन न्यूज डटकमका कार्यकारी सम्पादक रामकृष्ण बोहरा ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ २०७६ बाट पुरस्कृत भएका छन् ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङद्वारा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ २०७६ बोहरालाई प्रदान गरिएको हो । लामो समयदेखि पत्रकारीतामा कृयाशिल बोहरा ढोरपाटन सञ्चार प्रा.लि.द्वारा सञ्चालित बिभिन्न सञ्चार माध्याममा आबद्ध छन् । जिल्ला शाखाले हरेक बर्ष प्रदान गर्दै आईरहेको पुरस्कार कोरोना महामारिका कारण तीन बर्ष यता वितरण हुन सकेको थिएन् । उक्त पुरस्कारबाट अन्य दुईजना सञ्चारकर्मी पुरस्कृत भएका छन् । शाखाको छैटौँ अधिवेशनका अवसरमा बिहिबार तीनैजनालाई २०७५, २०७६ र २०७७ सालको पुरस्कार एकसाथ प्रदान गरिएको हो ।
पुरस्कृत हुनेमा रामकृष्ण शर्मा, र गणेश पौडेल रहेका छन् । शर्माले ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ २०७५ र पौडेललाई ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ २०७७ प्रदान गरिएको हो ।उनीहरुलाई जनही रु १० हजार राशिबाट पुरस्कृत गरिएको हो । अधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य लीलबहादुर थापा र शाखा अध्यक्ष शर्माले पत्रकारत्रयलाई संयुक्तरूपमा नगद, प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मानित गरे । विसं २०७३ मा स्थापित सो पुरस्कारबाट यसअघि ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र पत्रकार रामबहादुर जिसी पुरस्कृत भैसकेका छन् ।





