पोखरा/ नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले कास्की जिल्लामा रहेका पालिका कमिटीका पदाधिकारी, निर्वाचन क्षेत्र अन्र्तगत निर्वाचित जिल्ला कमिटि सदस्यहरुसंग छलफल गरेको छ । दशौं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी, केन्द्रीय, इन्चार्ज र सहइन्चार्जसहित क्षेत्र गत रुपमा जिल्ला कमिटिमा निर्वाचित सदस्यहरु, पालिका कमिटीहरुसँग सल्लाह र सुझाव लिन बैठक गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको तेश्रो लहरका कारण जिल्ला कमिटीको पूर्ण बैठक बस्ने अवस्था नभएपछि क्षेत्रगत रुपमा निर्वाचित सदस्यहरुसँग अन्र्तरक्रियात्मक रुपमा बैठक आयोजना गरिएको एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताए । पालिकास्तरका बैठकहरु सम्बन्धित पालिकामै आयोजना गरिने अध्यक्ष गुरुङले बताए ।
यसैबीच शुक्रबार कास्की क्षेत्र नं. ३ बाट जिल्ला कमिटीमा निर्वाचित सदस्यहरुसग बैठक सकिएको छ । क्षेत्र नं. ३ मा विभिन्न क्षेत्रबाट जिल्ला कमिटीमा निर्वाचन २४ जना सदस्यहरुले आआफना भनाइ राख्दै पार्टीलाई वैचारिक र राजनीतक रुपमा एकताबद्ध बनाउँदै जनताको बीचमा जानुपर्नेमा जोड दिए ।
उनीहरुले एमाले नेतृत्वले गरेका कामलाई जनताको बीचमा लैजानुपर्ने, कार्यकतालाई प्रशिक्षित गर्नुपर्ने, पार्टीलाई एकताबद्ध गराउँदै संगठनका गतिविधिलाई चलाएमान बनाउनुपर्ने, जनप्रतिनिधि र पार्टीबीचको सम्वन्धलाई सुदृढ बनाउँदै विकास निर्माणमा लाग्नुपर्ने, क्षमता, योग्यता र दक्षताका आधारमा जिम्मेवारी दिनुपर्ने लगायतका सुझाव दिए ।
जिल्ला सदस्यहरुको सुझावपछि बोल्दै एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज भिम कार्कीले एमालेको विधान महाधिवेशनले नीति र दशौं राष्ट्रिय महाधिवेशनले नेतृत्य चयन गरेको बताउँदै अब नीति र नेतृत्वलाई स्थापित गरेर जानुपर्नेमा जोड दिए । उनले भने, ‘संगठनात्मक अराजकता अन्त्य गर्नुपर्छ । नेतृत्वविरुद्ध गरिने गतिविधिले पार्टीलाई सहयोग पुग्दैन ।’ उनले निर्वाचनबाट पार्टीलाई योगदान पु¥याएका योग्य साथीहरु बाहिर रहेको बताउँदै अब सबैलाई समेटेर अगाडि जानुपर्ने बताए ।
नेकपा एमाले कास्कीका पूर्वअध्यक्ष कृष्ण थापाले पार्टीलाई बलियो बनाउँदै योजना बनाएर अगाडी बढनुपर्नेमा जोड दिए । उनले भने, ‘आफ्नो कार्यकालमा कास्कीमा जतिबेला निर्वाचन भएपनि प्रथम र ठूलो पार्टी बनाउने उद्देश्यले लिएर अगाडि बढेको छ । त्यो सफल भएको छ ।’ उनले वर्तमान जिल्ला कमिटीले पनि आफ्नो योजना बनाएर अगाडि बढन सुझाव दिए ।
एमाले केन्द्रीय सदस्य राजीव पहारीले एमाले नेतृत्वमा भएका कामको प्रचार गर्नुपर्ने र एमालेका कार्यकताको जीवनशैली र आचरण जनतालाई पाच्य हुने खालको हुनुपर्नेमा जोड दिए । एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्यले एमाले नेतृत्वको सरकारले गरेका कामहरुको स्वेतपत्र निर्माणको तयारी गरिरहेको बताए ।





