पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी कार्यालय फर्केका छन् । गएको साउने संक्रान्तिका दिन मस्तिष्कघात भएसँगै उनी आरामम थिए । उपचारपछि घरमै आराम गरेका उनले कार्यवाहकको जिम्मेवारी उपप्रमुख मञ्जुदेवी गुरुङलाई सुम्पेका थिए । दाहिने मस्तिष्कको नसा ब्लक भएपछि उनको शरीरको देब्रे पाखो नचल्ने समस्या देखिएको थियो । सार्वजनिक समारोहमा नदेखिएका उनी एमाले कास्कीको १० औं अधिवेशनमा सहभागी भएका थिए ।
मेयर जिसीले सोमबार नै पोखरा महानगरपालिका ४ र ५ जोड्ने फिर्के खोलामा निमार्णाधीन पुलको अवलोकन गरेका थिए । सो अवसरमा महानगरका प्रवक्ता धनवहादुर नेपाली, वडा नंबर ४ का अध्यक्ष शंकर बास्तोला र १६ का अध्यक्ष जीवन आचार्यलगायत उपस्थित थिए ।





