पोखरा/ पोखरा १७, घारीपाटनस्थित म्यूजियममार्ग निवासी लक्ष्मी खड्काले आप्mना स्वर्गीय पति अमरबहादुर खड्काको १५ औं पुण्य तिथिका अवसरमा पोखरास्थित मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुका लागि एक छाक खानाको व्यवस्था गरिदिएकी छन् ।
छोरा यमबहादुर र बुहारी पार्वती खड्कासहित भोजन गराउनका लागि आश्रममा पुगेकी लक्ष्मीले सहयोगले आत्मसन्तुष्टि मिलेको बताइन् ।
|
सो परिवारले एक छाक खाना बराबरको नगद १५ हजार पाँच सय रुपैया आश्रम कास्कीका सहसंयोजक सम्झना बर्तौला र साधिका मनिकला नेपालीलाई हस्तान्तरण गरे । आश्रममा हाल ६५ जना महिला तथा बालबालिका आश्रित छन् । आश्रमबाट एक वर्षअघि ९५ जना बुबाहरुलाई पोखरा २५ हेमजास्थित आश्रममा सारिएको छ भने छोरेपाटन आश्रममा हाल महिला र आश्रित बालबालिकासहित ६५ जना रहेका सहसंयोजक सम्झना बर्तौलाले जानकारी दिए । उनले आश्रममा भएकाहरुलाई मासिक औषधिमा मात्र ५० देखि ६० हजार रुपैया खर्च हुने बताए । सस्थाले आश्रम सञ्चालनका लागि हालै सञ्चालन गरेको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट छ लाख रुपैयाभन्दा बढी आर्थिक संकलन भएको आश्रमका केन्द्रीय कोषाध्यक्ष एवम् गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिए । २०७४ साल चैत १७ गते पोखरा र आसपासमा कष्टकर जीवन विताउन बाध्य २३ जना सडक मानवको उद्धार गरेको सञ्चालन गरिएको आश्रमले हालसम्म ८२६ जनालाई सेवा प्रदान गरेको उनको भनाइ छ । २६२ जनालाई पारिवारिक पुनर्मिलन, उपचार पश्चात स्वेच्छाले ३०५ जना घर फर्किएका, ५१ जनालाई अन्य शाखामा स्थान्तरण गरिएको छ भने आश्रमको संरक्षणमा रहँदा ५८ जनाले ज्यान गुमाएका छन् ।





